logo
२०८१ बैशाख ४ मंगलवार



पर्सामा थपिए ४१ सङ्क्रमित, पछिल्ला २२ दिनमा ५८२ सङ्क्रमित

फिचर |


पर्सामा थपिए ४१ सङ्क्रमित, पछिल्ला २२ दिनमा ५८२ सङ्क्रमित
सांकेतिक तस्बिर


दिपकप्रसाद गौतम

वीरगञ्ज, साउन २२ गते । नारायणी अस्पतालको प्रयोगशालामा गरिएका पीसीआर परीक्षणको बुधबार राति आएको रिपाेर्टमा पर्सामा ४१ सहित ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । रौतहट मौलापुरका एक जना, बाराको देवतालका एक जना र पर्सामा ४१ जना गरी ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिनुभयो ।

पछिल्लो पटक कोरोना सङ्क्रमण पुष्टि भएका छ महिलासहित ४३ जना, एक जना चिकित्सक, ११ जना नेपाली सेना रहेका छन् । पाँच जनामा ज्वरो र खोकी देखिएको छ । मास ट्रेसिङका छ जना र कन्ट्याक्ट ट्रेसिङका क्रममा तीन जनामा आफैँ पैसा तिरेर स्वाब परीक्षण गराउने सात जना, रौतहट मौलापुरका एक जना र बाराको देवतालका एक जना सङ्क्रमित हुन् ।

सङ्क्रमण पुष्टि हुनेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १० अशोक वाटिका निवासी नारायणी अस्पतालमा डायलसिस गराउँदैआएकी ३५ वर्षीया महिला र नेपाल इन्भेस्टमेन्ट बैङ्क वीरगञ्जमा कार्यरत एक बैङ्क कर्मचारीमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. उपाध्यायले जानकारी दिनुभयो । थपिएका सङ्क्रमितमध्ये चण्डीप्रसाद गण वीरगञ्ज घण्टाघरका ११ जना नेपाली सेनाका कर्मचारी, लायन्स क्लब वीरगञ्जका दुई कर्मचारी, नारायणी अस्पतालको ओपिडीमा कार्यरत एक कर्मचारी रहेका छन् ।

त्यस्तै थपिएका सङ्क्रमितहरूमा वीरगञ्ज महानगरपालिका वडा नं. ४ का एक २९ वर्षीय र एक जना ५० वर्षीय पुरुष, वडा नं. ५ रेशमकोठीका एक जना १७ वर्षीय पुरुष र एक जना ७३ वर्षीय महिला, वडा नं. ८ गहवाका २८ र ३० वर्षीय पुरुष रहेका छन् भने वडा नं. ९ गणेश टोलका १६,३४, ३७ र ४५ वर्षका पुरुष रहेका छन् ।

त्यसैगरी वडा नं. १० अशोक वाटिकाका एक जना महिला ३५ वर्षीय महिला र एक जना ३५ वर्षीय पुरुष, वडा नं. ११ रानीघाटका ३६ वर्षीय र ४० वर्षीय पुरुष, वडा नं. १२ का ६० वर्षीय पुरुष, वडा नं. १४ श्रीपुरका एक २३ वर्षीय पुरुष, वडा नं. १६ नगवाका एक ५२ वर्षीय पुरुष रहेका छन् भने वीरगञ्ज बाहेक पर्साको पोखरीया नगरपालिका वडा नं ६ का एक जना ३३ वर्षीय पुरुष, पकाहामैनपुर गाउँपालिका वडा नं. २ मैनपुरका एक जना २७ वर्षीय पुरुष, रहेका छन् । पछिल्लो २२ दिनमा पर्सामा ५८२ जना नयाँ सङ्क्रमित थपिएका छन् । सोही अवधिमा १४ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?