logo
२०८१ बैशाख १४ शुक्रवार



काठमाडौँमा यो वर्षकै उच्च गर्मी, तीन दिन ठूलाे झरी नपर्ने

मुख्य समाचार |
राष्ट्रिय |


काठमाडौँमा यो वर्षकै उच्च गर्मी, तीन दिन ठूलाे झरी नपर्ने


केशवराज पौडेल
काठमाडौँ, साउन २१ गते । आगामी तीनसम्म देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

तीन दिनसम्म प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । मौसमविद् मनसुनी न्यून चापीय रेखा हाल नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको अबको तीन दिनसम्म मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

लगातार झरी नै पर्ने सम्भावना देखिँदैन तर प्रदेश नं १, २ र बाग्मती प्रदेश र सुदूरपश्चिममा भारी वर्षा हुने सम्भावना रहेको मौसमविद् श्रेष्ठले गोरखापत्र अनलाइनलाई बताउनुभयो । अझै नेपालमा दुई महिना मनसुन सक्रिय रहने श्रेष्ठले जानकारी दिनुभयो । उहाँले मौसम सक्रिय रहने भएकाले सावधानी अपाउनु सबैमा अनुरोध गर्नुभयो ।

देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षासमेत हुनसक्ने देखिएकोले उक्त स्थानहरूमा आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ उहाँले भन्नुभयो ।
ती क्षेत्रमा पर्ने नदीहरूमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन सबैमा जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

गर्मी बढ्यो
वर्षामा कमी आएसँगै देशभर गर्मी बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँमा यो वर्षकै सबैभन्दा बढी ३३ दशमलव ४ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको छ । त्यसैगरी सबैभन्दा बढी विराटगरको तापक्रम ३८ दशमलव ५ डिग्री सेल्सियस रेकर्ड भएको छ भने जनकपुर, सिमरा र दिपायलमा ३७ डिग्रीमाथि तापक्रम पुगेको छ ।

प्रचण्ड गर्मीका कारण समग्र तराई क्षेत्रको जनजीवन निकै कष्टकर बनेको छ । तराईका जिल्लाहरूमा समेत वर्षा कमी भएपछि गर्मी ह्वात्तै बढेको हो । तराईका जिल्लाहरूमा ३३ देखि ३८ डिग्री सेल्सियस पुगेको छ ।

प्रचण्ड गर्मीका कारण विभिन्न किसिमका स्वास्थ्य समस्या देखिन थालेकाले पर्याप्त पानी पिउन, स्वच्छ तथा ताजा खानेकुरा मात्रै खान, तातो हावा चलेको र चर्को घाम लागेका बेला काम विशेषले बाहेक घरबाहिर ननिस्कन नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सक डा. पप्पुकुमार जैसवालले सबैमा आग्रह गर्नुभएको छ । गर्मीबाट हुन सक्ने विभिन्न किसिमका रोगहरूबाट जोगिने झोलिलो खानेकुरा खान डा. जैसवालले सबैमा अनुरोध गर्नुुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?