logo
२०८१ बैशाख ८ शनिवार



प्रधानमन्त्रीद्वारा कोरोनाबारे विज्ञ तथा विपक्षी नेताहरूसँग छलफल

मुख्य समाचार |


प्रधानमन्त्रीद्वारा कोरोनाबारे विज्ञ तथा विपक्षी नेताहरूसँग छलफल


गोरखापत्र अनलाइन
काठमाडौँ, साउन २० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ बारे सम्बन्धित क्षेत्रको विज्ञ तथा विपक्षी दलका नेताहरूसँग बालुवाटारमा छलफल शुरु गर्नुभएको छ ।
छलफलमा नेपाली काँग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तथा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि उपस्थित रहनुभएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराउनुभयो ।
पछिल्लो समय राजधानीलगायत देशका विभिन्न भागमा कोरोना सङ्क्रमण बढ्दैगएको तथा मृत्यु हुने र लक्षण देखिने दर बढेको सन्दर्भमा प्रधानमन्त्रीले छलफल शुरु गर्नुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?