logo
२०८१ बैशाख ५ बुधवार

  विराटनगरका अस्पताल  



कोरोना सङ्क्रमणकाे केन्द्र बन्दै, एकै दिन १० स्वास्थ्यकर्मी सङ्क्रमित

मुख्य समाचार |
प्रदेश |


कोरोना सङ्क्रमणकाे केन्द्र बन्दै, एकै दिन १० स्वास्थ्यकर्मी सङ्क्रमित


नवराज कट्टेल
विराटनगर, साउन १३ गते । विराटनगरमा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी सङ्क्रमित हुनेको संख्या बढ्दै गएसँगै कोरोना भाईरस (कोभिड–१९) सङ्क्रमणको केन्द्र नै अस्पताल बन्न थालेका छन् ।
ट्राभल्स हिस्ट्री बिना नै स्वास्थ्यकर्मीमा सुरु भएको सङ्क्रमणले उनीहरुसम्म स्वास्थ्य परीक्षणका लागि आएका बिरामीमा समेत जोखिम बढेको छ ।
मङ्गलबार मात्रै विराटनगरका दुई अस्पतालका १० जना स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सङ्क्रमण पुष्टि भएको छ । विराटनगरमा १८ जनामा मङ्गलबार सङ्क्रमण पुष्टि भएको विराटनगर महानरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो ।
सङ्क्रमितमध्ये एकजना चिकित्सकसहित सातजना कोशी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हुन् । आइतबार साँझ कोशीको पोस्टनेटल वार्डमा कार्यरत एकजना नर्समा कोरोना सङ्क्रमण पुष्टि भएपछि सोमबार उनैको सम्पर्क पहिचानका आधारमा ३१ जनाको स्वाब सङ्कलन गरिएकोमा सात जनाको नतिजा पोजिटिभ आएको हो ।
यसैगरी, विराट नर्सिङ होम (विराटनगर अस्पताल) का तीनजनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । विराटका सञ्चालकलाई अघिल्लो हप्ता मङ्गलबार सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि सम्पर्क पहिचानका आधारमा आइतबार चार जना नर्समा सङ्क्रमण पुष्टि भएको थियो । मङ्गलबार थप तीन जनामा सङ्क्रमण पुष्टि भएको हो । विराटनगर-६ मा ३८ र ५४ वर्षीय दुई पुरुष, विराटनगर–१० मा ३७ वर्षीया महिला र ३५ वर्षीय पुरुष, विराटनगर–१३ मा एक पुरुष र विराटनगर–५ मा एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यसैगरी झापा ठेगाना उल्लेख गरिएका विराटनगर निवासी थप दुईजनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।
विराटनगमा एक हप्ता अगाडी संक्रमित चिकित्सक एवं सञ्चालकको ट्राभल हिस्ट्री अझैसम्म पत्ता लागेको छैन । उनकै सम्पर्कको आधारबाट १४ जनामा भने संक्रमण पुष्टि भएसकेको छ । विराटनगर महानगरपालिकामा यस्ता ३७ जना संक्रमित पछिल्लो दशदिनमा फेला परेका छन्, जसको ट्राभल हिस्ट्री छैन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?