logo
२०८१ बैशाख १३ बिहीवार



हजारको नोटमा नेपाली हात्ती

मुख्य समाचार |


हजारको नोटमा नेपाली हात्ती


चाँदनी हमाल

काठमाडौँ, साउन ९ गते । एक हजार रुपियाँको नोटमा अब नेपालकै जुम्ल्याहा हात्तीको तस्बिर देख्न पाइने भएको छ । हालसम्म एक हजारको नोटमा देश बाहिरको हात्तीको तस्बिर रहँदै आएकोमा राम–लक्ष्मण नामका स्वदेशी जुम्ल्याहा हात्तीले त्यसलाई विस्थापित गर्नेछन् ।
नेपाल राष्ट्र बैङ्कले बुधबारबाट राम–लक्ष्मणको वयस्क तस्बिरसहित हजारको नयाँ नोट सार्वजनिक गरेपछि यो अवस्था आएको हो । बैङ्कका प्रवक्ता गुणाकर भट्टले स्वदेशकै हात्तीको तस्बिर राख्नुपर्छ भन्ने विषय उठेपछि नेपालकै हात्तीको तस्बिर राखेर परिवर्तन गरिएको जानकारी दिनुुभयो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निमित्त महानिर्देशक रामचन्द्र कँडेल नोटमा आफ्नै देशका जुम्ल्याहा हात्ती राख्दा सकारात्मक सन्देश गएको बताउनुहुन्छ । एक हजारको नोटमा राम–लक्ष्मणको तस्बिर राख्ने कदमले संरक्षणकर्मीलाई गर्वको अनुभूति गराएको विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले बत(ाउनुभयो । नयाँ नोट काठमाडौँमा उपलब्ध भइसकेको छैन । पृथ्वी राजमार्गको पहिरोले सडक अवरुद्ध भएपछि बाहिरबाट आएका नोट चितवनमै रहेको जानकारी बैङ्कका कार्यकारी निर्देशक रेवती नेपालले बताउनुभयो । बाटो खुल्नासाथ नयाँ नोट काठमाडौँमा ल्याइनेछ । बैङ्कमा रहेको नोट डिजाइन कमिटीले सिफारिस गरे अनुसार नेपाली हात्तीको तस्बिर राखिएको हो ।
त्यसमा वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज विभाग, पुरातìव विभागका उच्चाधिकारी तथा संस्कृतिविद् सत्यमोहन जोशी रहनुभएको थियो । नेपाली हात्ती एक हजारको नोटमा हेर्न पाउने भएपछि संरक्षणकर्मीमा उत्साह छाएको छ ।
माहुतेद्वय विनोद चौधरी र विनोदप्रसाद चौधरीको राम–लक्ष्मणको फोटो नोटमा हेर्ने उत्कट चाहना पूरा भएको छ । रामगजका माहुते विनोद चौधरीले उहिलेदेखि सुनेको कति फोटो पठाइयो तर अब बल्ल नोटमा आएछ भन्नुभयो । सरल स्वभावका दुई हात्ती अन्य जङ्गली भालेजस्तो उपद्रो मच्चाउँदैनन् । बिहानै उठ्छन् । आफू र अन्य हात्तीका लागि घाँस बोक्न जान्छन् । जङ्गलबाट घाँस खाएर अरू साथीका लागि घाँस र दाना पकाउन दाउरासमेत लिएर आउँछन् । हिउँदको कञ्चन राप्ती होस् वा छाल उर्लेको धमिलो बाढीमा पनि राम–लक्ष्मण सेवाका लागि तम्तयार हुन्छन् । केहीबेर आराम गरेपछि दिउँसो जङ्गलमा गस्ती गर्छन् । कतै तस्कर आयो वा वन्यजन्तुमा आक्रमण भयो भने तत्काल उद्धारमा माहुतेसँगै जुट्छन् । उद्धार गरेका वन्यजन्तुलाई सुरक्षित राख्छन् । वनभित्र वन्यजन्तु वा रुख बिरुवासम्बन्धी कुनै अध्ययन गर्नुप¥यो भने राम–लक्ष्मण अनिवार्य सारथि बन्छन् । यतिबेला राम सौराहाको हात्तीसारमा र लक्ष्मण चितवन निकुञ्जको मुख्य कार्यालय कसरामा कार्यरत छन् ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?