logo
२०८० चैत्र १५ बिहीवार



बालुवाटारमा नेकपाका तीन शीर्ष नेताबीच वार्ता

मुख्य समाचार |


बालुवाटारमा नेकपाका तीन शीर्ष नेताबीच वार्ता


लक्की चौधरी

काठमाडौँ, साउन १ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवादित विषयमा छलफल गर्न दुई अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पनि वार्तामा जुट्नुभएको छ । आजको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागी हुनुभएको बालुवाटार स्रोतले बताएको छ । दुई अध्यक्षबीचको वार्ता सकारात्मक रुपले अघि बढेपछि बिहीबारको बैठकमा वरिष्ठ नेता नेपाल पनि सहभागी हुनुभएको हो ।

बालुवाटारमा दिउँसो १२ बजेदेखि शुरुभएको वार्तामा आज ठोस सहमति आउन सक्ने विश्वास नेताहरूले गर्नुभएको छ । भोलि शुक्रबार नेकपाको स्थायी कमिटी बैठक आह्वान गरिएकाले केही न केही ठोस सहमति गर्ने प्रयास अध्यक्षद्वयको छ । वरिष्ठ नेता नेपालले एक व्यक्ति एक पदको विचार अघि सार्नुभएको छ । उहाँको पक्षमा अध्यक्ष प्रचण्ड पनि सहमति जनाउनुभएको छ । तर प्रधानमन्त्री ओली अहिले आफूले राजिनामा दिनुपर्ने ‘औचित्य पुष्टि’ नहुने भन्दै अन्य विषयमा सहमति गर्नुपर्ने बताउनुभएको छ ।

प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंका अनुसार बैठक बालुवाटारमा १२ बजेदेखि शुरु भएको छ । दुई अध्यक्षसहित वरिष्ठ नेता नेपाल वार्तामा सहभागी हुनुभएपछि आज केही न केही सहमति बन्ने विश्वास नेताहरूमा पलाएको उहाँले बताउनुभयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?