logo
२०८० चैत्र १५ बिहीवार



सङ्खुवासभामा सात घर पहिरोले बगायो, ११ बेपत्ता

मुख्य समाचार |


सङ्खुवासभामा सात घर पहिरोले बगायो, ११ बेपत्ता
सांकेतिक तस्बिर


ध्यान कुलुङ
सङ्खुवासभा, असार २८ गते । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका-१, सिसुवाखोलामा पहिरो जाँदा सात घर बगाएको छ । पहिरोले बगाएर ११ जना बेपत्ता परेका छन् ।
अविरल वर्षापछि गएराति गएको पहिराले सिसुवाखोलाको बेसिन्दा गाउँ पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक सन्तोष राईले बताउनुभयो ।

अहिले बिहान घटनास्थलतर्फ प्रहरी गइरहेको जिल्ला प्रहरी कार्यालय, सङ्खुवासभाले जनाएको छ । अहिले पनि भारी वर्षा भइरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।
साथै सिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले पहिरो गएको स्थान निकै दुर्गम भएको तथा घटनास्थल पुग्न बाटोमा खोलाहरूमा बाढी आएकाले मुस्किल भएको फोन सम्पर्कमा बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?