logo
२०८० चैत्र १५ बिहीवार



बाढीपहिरो पीडितलाई तत्काल राहत दिन निर्देशन

मुख्य समाचार |


बाढीपहिरो पीडितलाई तत्काल राहत दिन निर्देशन


गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरो पीडितको उद्धार, राहत तथा पुनस्र्थापनाको कार्य परिणाम देखिने गरी तत्काल गर्न निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री ओलीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को चौथो बैठकलाई शनिबार सम्बोधन गर्दै सदरमुकाममा उद्धार सामग्री थुप्रिने तर पीडितले नपाउने अवस्था नआओस् । पीडितको बीचमा तत्काल राहत सामग्री पुगोस् । उद्धार तथा पुनस्र्थापना कार्यमा कुनै किसिमको कमजोरी नहोस् भन्नुभयो ।
उहाँले उद्धार, राहत तथा पुनस्र्थापना गर्न सरकारका तर्फबाट आवश्यक बजेट व्यवस्था हुने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार प्रधानमन्त्री ओलीले पछिल्ला दिनमा देशभर भइरहेको अविरल वर्षाले पु¥याएको क्षति, उद्धार तथा राहत कार्यबारे चासो राख्नुहुँदै उद्धार, राहत र पुनस्र्थापना कार्यमा ध्यान केन्द्रित गर्न निर्देशन दिनुभएको थियो । प्रधानमन्त्री ओलीले बाढीले पुल बगाएपछि आवतजावतमा समस्या परेको म्याग्दीमा १५ दिनभित्र वैकल्पिक बेलिब्रिज निर्माण गर्नसमेत निर्देशन दिनुभएको थियो ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विपद् जोखिम न्यूनीकरण, उद्धार र पुनस्र्थापनाका क्षेत्रमा तत्कालीन तथा दीर्घकालीन योजना बनाउनुपर्ने सुझाव दिनुभएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित बैठकमा पूर्वप्रधानमन्त्री देउवाले नागरिकको उद्धार र पुनस्र्थापनालाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । पछिल्लो तीन दिनयता देशभर वर्षा भइरहेको छ । वर्षाले सिन्धुपाल्चोक, पर्वत, पाल्पा, म्याग्दी, कास्की, रुकुम, जाजरकोट, बझाङ लगायतका जिल्लामा मानवीय तथा भौतिक क्षति पु¥याएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?