logo
२०८१ बैशाख ७ शुक्रवार

  बाह्रबीसे बाढी अपडेट  



बुलकुटेमा थप दुई घर बगे, चार जना बेपत्ता, कुल बेपत्ता २३ पुग्यो

मुख्य समाचार |


बुलकुटेमा थप दुई घर बगे, चार जना बेपत्ता, कुल बेपत्ता २३ पुग्यो


चित्र मिजार
सिन्धुपाल्चोक, असार २५ गते । हिजो राति अविरल परेको वर्षाका कारण घरपरिवार गुमाएकाहरूको अहिलेसम्म उद्धार हुन सकेको छैन । बाह्रबिसे नगरपालिका ५ जम्बुमा एल्मो खोलाको बाढी बगाउँदा १४ घर बगाएको छ भने १९ जना बेपत्ता भएका छन् । यस्तै हिलो राति नै परेको वर्षाले भोटेकोशी गाउँपालिका खहले खोलाको बाढीले बुलकुटे बस्तीका दुई घर बगाएको छ भने चार जना बेपत्ता भएका छन् ।
जम्बु र बुलकुटे बाढीमा परेर बेपत्ता हुने र घरबार गुमाउनेको खोजी कार्य र उद्धार हुन नसकेपछि स्थानीयहरू आक्रोसित हुन थालेका छन् । बाढी पीडितहरूको यतिखेर रुवाबासी हुन थालेको छ । घटनास्थलमा अहिले पनि भारी वर्षा भइरहेको छ ।
बाढीले जुरे पहिरोदेखिकै तातोपानीसम्मको सडकखण्ड अवरुद्ध भएपछि पर्याप्त मात्रामा सुरक्षाकर्मी र उद्धारकर्ता घटनास्थलमा पुग्नसकेका छैनन्, जसका कारण उद्धार कार्यमा ढिलाइ भइरहेको छ । तर प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी घटनास्थलमा उद्धारकार्यमा खटिरहेको जानकारी दिनुभयो ।
घटनास्थल क्षेत्रमा वर्षा भइरहेका कारण उद्धार टोलीलाई समस्या भइरहेको जनाएको छ । बाह्रबिसेका नवीन श्रेष्ठका अनुसार बाह्रबिसेबाट घटनास्थल जान नसकिने जानकारी दिनुभयो । उहाँका अनुसार जलेटार, खाग्दलमा बाढीले सडक छिनेको र बगाएको कारण घटनास्थल जान सकिएको छैन ।
सभामुख अग्निप्रसाद सापकोटाले उद्धारका लागि काठमाडौँबाट घटनास्थल आउन खोजेपनि प्रतिकूल मौसमका कारण उहाँ धुलिखेलबाट नै फर्कनुपरेको छ ।

याे पनि हेर्नुहाेस्

  बाढीले १५ घर बगायाे, १९ बेपत्ता, दुईको शव भेटियाे (फाेटाे फिचर)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?