logo
२०८० चैत्र १५ बिहीवार



‘समुदायमा कोरोना सङ्क्रमण फैलिएको छैन’

मुख्य समाचार |


‘समुदायमा कोरोना सङ्क्रमण फैलिएको  छैन’


सरोज ढुङ्गेल

काठमाडाँै, असार २४ गते । राजधानी उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि समुदायमा भने नफैलिएको अधिकारीहरूले दाबी गरेका छन् । उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा २८ जनामा कोराना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोरोना विस्तार समुदायमा भने नपुगेको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेको दाबी छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मङ्गलबारको नियमित पत्रकार सम्मेलनमा उपत्यकामा थप २८ जना सङ्क्रमित थपिएको प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभयो । पछिल्लो पटक सङ्क्रमण देखिएकामा काठमाडौँका १४ जना, भक्तपुरका चार र ललितपुरका १० जना छन् । गत २४ घण्टामा देशभर २०४ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार नेपालमा हालसम्म सङ्क्रमितको सङ्ख्या १६ हजार १६८ पुगेको छ । सोमबार उपत्यकामा ५४ जनामा कोरोना पुष्टि भएको थियो । पछिल्ला केही दिनयता देशका अन्य स्थानमा सङ्क्रमितको सङ्ख्या घटे पनि उपत्यकामा बढेकोे छ ।
प्रवक्ता गौतमले पछिल्लो समय ६८८ जना डिस्चार्ज भएको बत(ाउनुभयो । उहाँले हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या सात हजार ४९९ पुगेको बताउनुभयो । हालसम्म देशभर क्वारेन्टाइनमा बस्नेको सङ्ख्या २५ हजार ७२७ छ । मन्त्रालयका अनुसार आठ हजार ६३४ जना सङ्क्रमित आइसोलेसनमा उपचाररत छन् । पछिल्लो २४ घण्टामा छ हजार १३३ जनाको पीसीआर परीक्षण गरिएको छ भने हालसम्म दुई लाख ६१ हजार ८६१ जनाको पीसीआर परीक्षण भएको छ ।
त्यसैगरी काठमाडौँ उपत्यका लगायतका कुनै पनि क्षेत्रमा कोरोना भाइरस समुदाय स्तरमा नफैलिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्पष्ट गरेको छ ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. पाण्डेले कोरोना समुदाय स्तरमा नफैलिएको बताउनुभयो । उहाँले ८७ प्रतिशत कोरोना सङ्क्रमित युवा रहेका र उनीहरू बाहिरबाट आएको जानकारी दिनुभयो ।
उहाँले समुदायमा कोरोना देखिएको अवस्थामा पुरुषमा मात्र नभएर महिलामा पनि उही सङ्ख्यामा कोरोना देखिन्थ्यो भन्नुभयो । डा. पाण्डेका अनुसार हालसम्म तीन प्रतिशत मात्र कतै नगएकोमा पोजेटिभ पाइएको जानकारी दिनुभयो । तीन प्रतिशतको स्रोेत विदेशबाट आएकासँग जोडिएको छ भन्दै डा. पाण्डेले थप्नुभयो, “समुदायमा कोरोना फैलिएको भन्ने भ्रम फैलाउनु हँुदैन ।” हालसम्म काठमाडौँ उपत्यकामा २६७ जनामा कोरोना पोजेटिभ देखिएको छ । तिनमा १७५ काठमाडौँका, ४१ ललितपुरका र ४३ भक्तपुरका छन् । उहाँले उपत्यकाका १२ जनाको सङ्क्रमण स्रोेत खुल्न नसकेको जानकारी दिनुभयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?