logo
२०८० चैत्र १६ शुक्रवार



कोरोनाले मृत्यु भएका पुरुषको सम्पर्कमा रहेका सबैको पीसीआर नेगेटिभ

प्रदेश |


कोरोनाले मृत्यु भएका पुरुषको सम्पर्कमा रहेका सबैको पीसीआर नेगेटिभ


अर्जुन काफ्ले
स्याङ्जा, असार २० गते ।  कोरोनाबाट मृत्यु भएका स्याङ्जाका दोस्रो व्यक्तिको सम्पर्कमा रहेका सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।  असार १० गते उपचारका क्रममा पोखरामा मृत्यु भएका अर्जुन चौपारी-४ घर भई आँधीखोला गाउँपालिका-१ मा व्यापार गरी बस्ने ५५ वर्षीय कोरोना सङ्क्रमित पुरुषका परिवारहरू पत्नी, छोराछोरी, आमा, दाजुभाइसहित सम्पर्कमा रहेका सबैको नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माले जानकारी दिनुभयो । सम्पर्कमा रहेकामध्ये ६८ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
आँधीखोलामा २१/२१ जनाको दुई चरणमा गरी ४२ जना र अर्जुनचौपारीमा २६ जनाको नमूना स्वाब सङ्कलन गरी पठाएकोमा सबैको नजिता नेगेटिभ आएको हो । यस्तै पोखरामा परीक्षण गरिएकाे श्रीमती र दाजुभाइ पाँच जनाको नतिजा पनि नेगेटिभ आएको हो ।

मृतक पुरुष अर्जुनचौपारीस्थित घरमा श्राद्ध, सामाजिक कार्यमा सहभागी र सम्पर्कमा रहेकाको कन्ट्याक्ट ट्रेसिङ गरिएको हो ।  भारतीय पूर्वसैनिक उनलाई ज्वरो आउने, टाउको दुख्ने र श्वासप्रश्वासमा समस्या देखिएपछि थप उपचारका लागि असार ८ गते पोखरा लगिएको थियो ।  पोखरामा उपचारका क्रममै उनको कोरोना पुष्टि भएको थियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखी उपचार गर्ने क्रममा १० गते निधन भएको थियो । कोरोनाबाट मृत्यु हुने उनी स्याङ्जाका दोस्रो एवं समुदायबाट सङ्क्रमित भइ मृत्यु हुने पहिलो व्यक्ति हुन् ।

मृतक कसरी सङ्क्रमित बने भन्ने स्रोत अझै पत्ता लागेको छैन ।  यसअघि, वालिङ नगरपालिकाका ५८ वर्षका पुरुषको जेठ २५ गते क्षेत्रीय अस्पतालको आइसोलेसनमा मृत्यु भएको थियो । उनी भने भारतबाट आएका थिए ।  यस्तै चापाकोट नगरपालिकाका एम्बुलेन्स चालको सम्पर्कमा रहेका ११० जनाको समेत पीसीआर टेष्ट नतिजा नेगेटिभ आएको छ ।  जिल्लामा सङ्क्रमितको सङ्ख्या १८८ जना पुगेको छ भने कोरोनाबाटदुई जनाको मृत्यु भएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?