logo
२०८१ बैशाख ६ बिहीवार



प्रधानमन्त्री ओलीले बोलाउनु भएपछि मन्त्रीहरू बालुवाटारमा

मुख्य समाचार |


प्रधानमन्त्री ओलीले बोलाउनु भएपछि  मन्त्रीहरू बालुवाटारमा


गोरखापत्र अनलाइन

काठमाडौँ, असार २० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डलका सबै मन्त्री तथा राज्यमन्त्रीहरूलाई बालुवाटार बोलाउनुभएको छ । शनिबार साँझ साढे सात बजेपछि सबै मन्त्रीलाई बालुवाटार बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

बैठकको कुनै निश्चित एजेण्डा नभए पनि समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीले मन्त्री सबैलाई बालुवाटारमा बोलाउनुभएको प्रेस सल्लाहकार थापाले बताउनुभयो । पछिल्लो समय पार्टी भित्रबाटै प्रधानमन्त्रीको राजीनामा माग भएपछि नयाँ राजनीतिक घटनाक्रम विकसित भइरहेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले आफूलाई बैठकबारे कुनै जानकारी नआएको गोरखापत्रलाई बताउनुभयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?