logo
२०८० चैत्र १५ बिहीवार



विश्वमा पाँच लाख २९ हजारभन्दा बढी कोरोना सङ्क्रमितकाे मृत्यु

अन्तर्राष्ट्रिय |


विश्वमा पाँच लाख २९ हजारभन्दा बढी कोरोना सङ्क्रमितकाे मृत्यु


जेनेभा, स्वीट्जरल्याण्ड
असार २० गते । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २९ हजार ५५५ पुगेको छ । साथै भाइरसबाट विश्वभर एक करोड १२ लाख सात हजार ५४० जना सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिएको छ ।
कोरोना भाइरसका कारण बिरामी भएका ६३ लाख ६३ हजार ६९६ जना निको भएका छन्।। हाल विश्वभरमा कोरोना भाइरस सङ्क्रमित करिब ४३ लाख २४ हजार २८९ व्यक्ति उपचाररत रहेका छन् । सङ्क्रमितहरूमा ५८ हजार ८४१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २८ लाख ९१ हजार २२८ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ३२ हजार १०७ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा २४ लाख २२ हजार २१ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन्, ९० हजार ९१४ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ३३ लाख ८१ हजार ४२९ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ एक लाख ७४ हजार १८३ जनाको मृत्यु भएको छ ।
युरोपमा २४ लाख ६२ हजार ९०९ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने एक लाख ९्३ हजार २९५ को मृत्यु भएको छ । एसिया २४ लाख ८९ हजार ५६८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने, ६० हजार ९७ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा चार लाख ५० हजार ८८८ जनामा कोरोना भाइरस सङ्क्रमित रहेको छ भने १० हजार ९२५ जनाको मृत्यु भएको छ । ओसियानामा १० हजार चार जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १२६ जनाको मृत्यु भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?