logo
२०८१ बैशाख १२ बुधवार



नेकपा स्थायी कमिटीकाे आजको बैठक सकियो, पार्टी एकता टुट्न नहुनेमा जोड

मुख्य समाचार |


नेकपा स्थायी कमिटीकाे आजको बैठक सकियो, पार्टी एकता टुट्न नहुनेमा जोड
प्रवक्ता नारायणकाजी श्रेष्ठ पत्रकारहरूलाइ बैठकबारे जानकारि दिदै । तस्बीरः सूर्य थापा फेसबुक


गोरखापत्र अनलाइन
काठमाडौँ, असार १८ गते । नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) स्थायी कमिटीको बैठक पुनः शुरु भई केही बेरमा सम्पन्न भएको छ । बैठकमा सदस्यहरूले पार्टी एकता गम्भीर सङ्कटमा पुग्नलागेको त होइन ? भन्ने अवस्था आएको र पार्टी एकतालाई हर हालतमा रक्षा र सुदृढ गर्न नेताहरूबीच आपसी छलफल गर्नुपर्नेमा जोड दिनुभएको बैठकपछि पार्टी प्रवक्ता नरायणकाजी श्रेष्ठले बताउनुभयो ।

त्यसका लागि आजै र भोलि पनि पार्टीका नेताहरूबीच छलफल हनुपर्नेमा सदस्यहरूको जोड रहेको उहाँले बताउनुभयो । सोही अनुरुप अर्को बैठक शनिबार ११ बजे बस्ने तय भएको छ । आजै प्रधानमन्त्री निवास बालुवाटारमा बिहान केही बेर सञ्चालन भएर केहीबेर स्थगित भएको सो बैठक पुनः शुरु भएको थियो । पार्टी अध्यक्ष प्रचण्डले केही बेरअघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरी बालुवाटार फर्कनुभएपछि बैठक पुन शुरु भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?