logo
२०८१ बैशाख ८ शनिवार



प्रधानमन्त्री स्वास्थ्य परीक्षणपछि निवास फिर्ता

मुख्य समाचार |


प्रधानमन्त्री स्वास्थ्य परीक्षणपछि निवास फिर्ता


गोरखापत्र अनलाइन
काठमाडौँ, असार १७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले बाँसबारीस्थित गङ्गालाल हृदय केन्द्रमा स्वास्थ्य परीक्षण गाराउनुभएको छ ।
उहाँ स्वास्थ्य परीक्षण पूरा गरी आजै निवास फर्कनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो नियमित चेकजाँचका लागि बाँसबारीस्थित शहीद गङ्गालाल हृदय केन्द्र पुग्नुभएको हाे । प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंका अनुसार नियमित चेकजाँचका लागि उहाँ अस्पताल जानुभएको हो ।

‘स्वास्थ्यमा त्यस्तो खराबी नआएको तर चिकित्सकको सल्लाह अनुसार उहाँको नियमित चेकजाँचका लागि प्रधानमन्त्री ओली अस्पताल जानुभएको हो’ सञ्चारविज्ञ बजगाईंले भन्नुभयो ।  प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको पनि उहाँले बताउनुभयो । स्थायी कमिटीको नियमित बैठक र सरकारको कामकाजले केही दिनयता प्रधानमन्त्री धेरै व्यस्त रहनुपरेको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?