logo
२०८१ बैशाख ६ बिहीवार



शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित

मुख्य समाचार |


शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित


लक्की चौधरी

काठमाडौँ, असार १७ गते । सङ्घीय संसद (राष्ट्रिय सभा र प्रतिनिधिसभा) को दुवै सदनमा शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै बैठकमा शोक प्रस्ताव सर्वसम्मत पारित भएको हो । बैठकमा नेपाली काँग्रेसबाट प्रतिनिधिसभाका समानुपातिक सांसद स्वर्गीय ज्ञानकुमारी छन्त्यालप्रति एक मिनेट मौनधारण गरिएको थियो । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले बैठकमा शोक प्रस्ताव प्रस्तुत गर्नुभएपछि सर्वसम्मत पारित भयो । त्यस्तै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा शोक प्रस्ताव प्रस्तुत गर्नुभएपछि सर्वसम्मत पारित भयो ।

प्रतिनिधिसभाको अर्को बैठक २२ गते सोमबार १ बजे बस्ने सभामुख सापकोटाले बैठकलाई जानकारी गराउनुभयो । त्यस्तै, राष्ट्रियसभाको अर्को बैठक १८ गते १ बजे बस्ने सभा अध्यक्ष तिमिल्सिनाले जानकारी गराउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?