logo
२०८१ बैशाख ७ शुक्रवार



सङ्घीय संसदको दुवै सदनमा आज शोक प्रस्ताव पारित हुने

मुख्य समाचार |
पढ्नै पर्ने |


सङ्घीय संसदको दुवै सदनमा आज शोक प्रस्ताव पारित हुने


लक्की चौधरी

काठमाडौँ, असार १७ गते । सङ्घीय संसद (राष्ट्रिय सभा र प्रतिनिधिसभा) को दुवै सदनमा आज शोक प्रस्ताव पारित भई बैठक स्थगित हुने संसद सचिवालयले जानकारी गराएको छ । सङ्घीय संसदका महासचिव डा. भरतराज गौतमकाअनुसार काँग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको बुधबार बिहान निधन भएकाले बैठकमा शोक प्रस्ताव पारित भई बैठक स्थगित हुनेछ ।

काँग्रेसले सांसद छन्त्यालको निधनको जानकारीसहितको पत्र संसद सचिवालयमा उपलब्ध गराइसकेको उहाँले बताउनुभयो । ‘दउँसो १ बजे बस्ने बैठकमा शोक प्रस्ताव प्रस्तुत भई पारित हुनेछ’ उहाँले भन्नुभयो । प्रतिनिधिसभामा छन्त्याल काँग्रेसको तर्फबाट समानुपातिक सांसद हुनुहुन्थ्यो ।

प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक २०७७ र नेपाल विशेष सेवा विधेयक २०७६ माथि ‘विचार गरियोस्’ प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय गरिएको थियो । त्यस्तै, अर्थमन्त्री डा. युवराज खतिवडाले भन्सार विधेयक २०७७ माथि ‘विचार गरियोस्’ भन्ने प्रस्ताव बैठकमा पेश गर्ने कार्यक्रम थियो ।
सोहीअनुसार अर्थमन्त्री डा. खतिवडाले कर्जा सूचना विधेयक २०७७ बैठकमा पेश गर्ने कार्यक्रम तय भएको महासचिव डा. गौतमले जानकारी गराउनुभएको थियो । त्यस्तै, कृषिमन्त्री घनश्याम भुषालले बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक २०७६ माथि ‘विचार गरियोस्’ भन्ने प्रस्ताव पेश गर्नुहुनेछ । प्रस्ताव पेश भएपछि विधेयममाथि दफाबार छलफल हुने कार्यसूची थियो ।

त्यस्तै, दिउँसो १ बजे बस्ने राष्ट्रिय सभा बैठकमा सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिद्वारा प्रमाणीकरण भएका विधेयकहरू विनियोजन विधेयक २०७७, आर्थिक विधेयक २०७७, राष्ट्र ऋण उठाउने विधेयक २०७७, ऋण तथा जमानत (चौथो संशोधन) विधेयक २०७७ र केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक २०७७ पढेर बैठकमा सुनाउने कार्यसूची थियो ।

सोहीअनुसार प्रधानमन्त्री ओलीले बैठकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक २०७६ र भ्रष्टाचार विनावरण (पहिलो संशोधन) विधेयक २०७६ माथि ‘छलफल गरियोस्’ भन्ने प्रस्ताव पेश गर्नुहुनेछ । बैठकमा प्रस्तुत भएपछि त्यसमाथि दफाबार छलफल गरी बुधबार नै पारित गर्ने कार्यसूची तय गरिएको थियो ।
त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ सभा बैठकमा पेश गर्ने कार्यक्रम थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?