logo
२०८१ बैशाख ५ बुधवार



सलहले ठूलो क्षति गर्दैन : विज्ञ

मुख्य समाचार |


सलहले ठूलो क्षति गर्दैन :  विज्ञ
फाइल तस्बिर


सुरेशकुमार यादव

काठमाडौँ, असार १५ गते । अफ्रिकाबाट भारत हुँदै शनिबार नेपाल प्रवेश गरेको सलहले ठूलो क्षति पु¥याउन नसक्ने बताइएको छ । सर्लाही, पर्सा, रुपन्देही, कपिलवस्तु, पाल्पा, सिन्धुली, चितवन, रामेछापलगायत जिल्लासम्म सलह पुगे पनि यसले आइतबार साँझसम्म खासै क्षति गरेको छैन । तीनै तहका सरकारको समन्वयमा नियन्त्रण प्रयास अगाडि बढाइएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार पाल्पा र रुपन्देहीको सैनामैनास्थित मकैमा केही क्षति गरेबाहेक अरू खासै क्षति गरेको छैन । मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले भन्नुभयो, ‘‘नेपालमा मनसुन सक्रिय भएकाले यसले खासै क्षति नगरेको हो । अब पनि क्षति गर्ने सम्भावना छैन ।’’ भारतबाट थप प्रवेश नगरे नेपालमा देखिएका सलह आफैँ हराएर जाने उहाँले बत(ाउनुभयो ।
विज्ञहरूका अनुसार पहेँलो रङको सलह धेरै दिनसम्म बाँच्न सक्दैन । वयस्क सलह चारदेखि पाँच हप्तासम्म बाँच्छन् र नेपाल भित्रिएको सलहमा वयस्क एकदम थोरै रहेको छ, प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुम(ागाईंको भनाइ छ । नेपालमा देखिएको सलह आफ्नै बासस्थान फर्किनेछन् या नेपालमै हराउनेछन् भन्दै उहाँले थप्नुभयो, हाल नेपालमा देखिएको कीराबाट आत्तिनुपर्ने अवस्था छैन तर भारतबाट अझै प्रवेश ग¥यो भने समस्या हुनसक्छ ।
उहाँले भन्नुभयो, ‘‘वर्षाका कारण सलहले पटकपटक ठाउँ सारिरहेको छ । त्यही भएर क्षति भएको छैन । घाम उदायो भने उसलाई शक्ति प्राप्त हुन्छ र झुन्ड बनाएर उड्छ । त्यसले भने क्षति गर्छ तर पानी परिरह्यो भने विस्तारै आफैँ हराउँछ यद्यपि ढुक्क भने हुन सकिन्न ।

कसरी हुन्छ नियन्त्रण ?
कृषि तथा पशुपन्छी मन्त्रालयले सलह नियन्त्रणका लागि गृहमन्त्रालयसँग समेत समन्वय गर्ने तयारी गरेको छ । अहिले सानो झुन्डमा आएको छ । भोलि गएर ठूलो झुन्ड आयो भने सुरक्षा संयन्त्रको पनि सहयोग लिनुपर्छ भनेर गृहमन्त्रालयसँग छलफल गरेको कृषि मन्त्रालयका सचिव राजेन्द्र भारीले जानकारी दिनुभयो । प्रत्येक प्रदेशमा ‘टाक्सफोर्स’ गठन गरिनुका साथै विषादी छर्नुपर्ने अवस्था आयो भने त्यसका लागि विषादी छर्किन दमकल, ट्याक्टर, स्प्रे, पीपीईलगायतका उपकरणको समेत व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ ।

विषादी अन्तिम विकल्प
विषादी छर्नु अन्तिम विकल्प हो भन्दै प्रमुख हुमागार्इंले भन्नुभयो, नेपालमा अहिले नै विषादी छर्किने अवस्था आइसकेको छैन, अहिलेलाई वैकल्पिक उपायहरू मात्र अपनाउने हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?