logo
२०८१ बैशाख ७ शुक्रवार



कोरोना सङ्क्रमित १० हजारभन्दा बढी

मुख्य समाचार |


कोरोना सङ्क्रमित १० हजारभन्दा बढी


दीपक श्रेष्ठ

काठमाडौँ, असार १० गते । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या १० हजार नाघेको छ । मङ्गलबार ९० महिलासहित ५३८ जना नयाँ सङ्क्रमित थपिएसँगै १० हजार ९९ जना कोभिड सङ्क्रमित भएका छन् ।
यस्तै, दम र क्षयरोगका बिरामीसमेत रहेका दैलेख जिल्ला दुल्लु नगरपालिका–३ का ४५ वर्षीय पुरुषको कोरोना भाइरसबाट मङ्गलबार मृत्यु भएको छ । कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ । बागमती प्रदेशको रसुवाबाहेक देशका ७६ जिल्लामा कोभिड सङ्क्रमित रहेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रायलद्वारा मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो । प्रवक्ता गौतमका अनुसार मङ्गलबार थप ७६ जना कोरोना भाइरस सङ्क्रमण मुक्त भएर घर फर्किएका छन् । अहिलेसम्म कोरोना मुक्त भई डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार २२४ पुगेको छ । मङ्गलबार चार हजार ९९५ जनाको पीसीआर परीक्षण गरिएको छ ।
हालसम्म एक लाख ८६ हजार ३६६ जनाको पीसीआर परीक्षण गरिएको जनाइएको छ । त्यस्तै तीन हजार ४८१ जनाको आरडीटी परीक्षणसहित जम्मा दुई लाख ७१ हजार ५८४ जनाको आरडीटी परीक्षण गरिसकिएको छ ।
उहाँका अनुसार देशभरका विभिन्न क्वारेन्टाइनमा ८५ हजार ८१३ जना रहेका छन् । त्यस्तै, आइसोलेसनमा सात हजार ८५१ जना रहेका छन् । क्वारेन्टाइनमा राख्नु, जबरजस्ती नगर्नु
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बाहिरी जिल्लाबाट काठमाडौँ उपत्यकामा आउने नागरिकलाई जबरजस्ती पीसीआर परीक्षणका लागि दबाब नदिन सबैमा आग्रह गरेको छ । केही दिनयता घरबेटीले कोठामा छिर्न नदिएको भन्दै पीसीआर परीक्षण गर्नेको सङ्ख्या बढेपछि मन्त्रालयले यस सम्बन्धमा गम्भीर ध्या(नाकर्षण भएको जनाएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?