logo
२०८० चैत्र १६ शुक्रवार



इटालीभन्दा बढी सङ्क्रमित भारत, दिनमा झण्डै दश हजार सङ्क्रमित थपिँदै

अन्तर्राष्ट्रिय |


इटालीभन्दा बढी सङ्क्रमित भारत, दिनमा झण्डै दश हजार सङ्क्रमित थपिँदै


नयाँदिल्ली
जेठ २४ गते । विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमणमा भारत छैठौँ सबैभन्दा बढी प्रभावित राष्ट्र बनेको छ ।
भारतमा अहिले कुल सङ्क्रमितको सङ्ख्या २ लाख ३६ हजार ६५७ पुगेको अधिकारीहरूले जनाएका छन् । इटलीमा भने अहिलेसम्म दुई लाख ३४ हजार ५३१ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् ।
कोरोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या भने भारतमाभन्दा इटलीमा अत्यधिक धेरै रहेको छ । भारतमा अहिलेसम्म छ हजार ६४२ को मृत्यु भएको छ भने इटलीमा ३३ हजार ७७४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
भारतका स्वास्थ्य अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा नाै हजार ८८७ जना सङ्क्रमित भएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा २९४ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरेको छ ।
भारतमा सङ्क्रमित भएकामध्ये एक लाख १४ हजार ७३ जना सङ्क्रणमुक्त भएर अस्पतालबाट घर फर्किएका छन् । देशभरि सङ्क्रमितमध्ये सबैभन्दा धेरै महाराष्ट्रमा राज्यमा रहेको छ । त्यहाँ कुल ८० हजार २२९ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । तीमध्ये ४२ हजार २२४ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् ।
दोस्रो स्थानमा रहेको तमिलनाडू राज्यमा कुल २८ हजार ६९४ जना सङ्क्रमित भएको मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?