logo
२०८१ बैशाख १३ बिहीवार



बिहीबार ४ बजे बजेट प्रस्तुत हुने    

मुख्य समाचार |


बिहीबार ४ बजे बजेट प्रस्तुत हुने    


 
काठमाडौँ, जेठ १४ गते । आगामी आर्थिक वर्ष २०७७/७८ को राजश्व र आयको विवरण (बजेट) सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा बिहीबार अपराह्न ४ बजे प्रस्तुत हुने भएको छ ।

नेपालको संविधानबमोजिम हरेक वर्ष जेठ १५ गते सरकारले संसद्मा वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठकका लागि दिउँसो ३ः४५ बजेअगावै उपस्थित भइसक्न सबै सदस्यलाई आग्रह गर्नुभयो ।    
    
आजको बैठकमा सभामुख सापकोटाले सार्थक वार्ता र संवादका निम्ति सुझाव र अध्ययनका लागि गत साउन २० मा गठित कार्यदलको अवधि संसद्को चालू अधिवेशनसम्म कायम हुने गरी गर्नुभएको प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो ।

संयुक्त बैठकपछि बिहीबार साँझ ६ बजे प्रतिनिधिसभाको अर्को बैठक बस्नेछ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?