logo
२०८० चैत्र १५ बिहीवार



काेशी अस्पतालमा उपचाररत चार जना काेराेनामुक्त

मुख्य समाचार |
प्रदेश |


काेशी अस्पतालमा उपचाररत चार जना काेराेनामुक्त


नवराज कट्टेल

विराटनगर, जेठ १४ गते । कोशीको कोभिड–१९ उपचार केन्द्र विराटनगरबाट उदयपुरका चारजना सङ्क्रमितले कोरोना परास्त गर्नुभएको छ । त्रियुगा–३ भुल्केका एक पुरुषसहित तीनजना महिला बुधबार निको भएर घर फर्कनुभएको हो । अस्पतालबाट डिस्चार्ज हुनेहरुमा मो. अलिजान (५८) सहित जुविदा खातुन (३६), माधो खातुन (४०) र सविरण खातुन (६५) हुनुहुन्छ । अस्पताल व्यवस्थापन समितिका संयोजक एवम् जिल्ला स्वास्थ्य कार्यालय, मोरङ प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार उहाँहरूको पछिल्लो लगातार दोस्रो परीक्षण रिपोर्ट नेगेटिभ देखिएपछि चिकित्सकको सिफारिसबमोजिम डिस्चार्ज गरिएको हो ।

डिस्चार्ज हुनु भएकामध्ये ५८ वर्षीय अलिजान र ३६ वर्षीया जुविदा वैशाख ९ गते र ४० वर्षीया माधो र ६५ वर्षीया सविरण खातुन वैशाख २७ गते भर्ना हुनुभएको थियो । कोभिड–१९ अस्पतालबाट बुधबार चारसहित ३० जनाले कोरोना परास्त गरेर घर फर्किसक्नुभएको छ । अस्पतालमा अझै ३१ जना उपचारत हुनुहुन्छ । प्रदेश -१ मा बुधबारसम्म सङ्क्रमितको सङ्ख्या १०३ जना पुगिसकेको छ । धरानमा २५ जना उपचाररतबाहेक बुधबार झापाको केचनाकवलमा १५ र गौरादहमा २ जना थपिएका हुन् । उनीहरूलाई अस्पताल ल्याउने तयारी भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?