logo
२०७७ जेष्ठ १६ शुक्रवार

पाकिस्तानी विमान दुर्घटनामा एकसय सात जना मारिए

मुख्य समाचार |
अन्तर्राष्ट्रिय |


2020-05-22-14872


गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ ९ गते । पाकिस्तानको लाहोरबाट कराँचीतर्फ उडेको विमान कराँचीमा दुर्घटना हुँदा सबैकाे मृत्यु भएको छ । यात्रुवाहक हवाइजहाज दुर्घटना हुँदा कम्तिमा ९९ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार पाकिस्तानको कराचीबाट उडान भरेको पाकिस्तान अन्तर्राष्ट्रिय वायुसेवाको एयरबस ए ३२० प्राबिधिक त्रुटीको कारणले दुर्घटनाग्रस्त भएको हो ।
पाकिस्तानका वायुसेवा निगमका प्रवक्ता अब्दुल्लाह खानले सीएनएनसँगको कुराकानीमा विमान दुर्घटना हुनुअघि चालकले प्राबिधिक त्रुटीबारे जानकारी गराएको बताउनुभएको छ । विमान कराचीको आवासीय क्षेत्रभित्र दुर्घटना भएको हो । पाकिस्तानमा दुई महिनाको लकडाउनपछि गत् साता मात्रै घरेलु उडान सुरु भएको थियो । पाकिस्तानको लाहौरबाट उडान भरेको विमानमा ९९ यात्रु र नौ जना चालक दलका सदस्य सबार थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?