logo
२०८० चैत्र १६ शुक्रवार



पछिल्लो परीक्षण रिपोर्टमा १७ जनामा काेराेना सङ्क्रमण पुष्टि, कुल ४४४ पुग्यो

मुख्य समाचार |


पछिल्लो परीक्षण रिपोर्टमा १७ जनामा काेराेना सङ्क्रमण पुष्टि,  कुल ४४४ पुग्यो


गोरखापत्र अनलाइन

काठमाडौँ, जेठ ८ गते । पछिल्लो परीक्षण रिपोर्ट अनुसार थप १७ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या ४४४ पुगेको छ । थप सङ्क्रमण पुष्टि भएकामा झापा, धनकुटा र सुनसरी जिल्लाका छन् । 

थप सङ्क्रमित पुष्टि भएकामा झापा कचनकबल गाँउँपालिका ३, ६ र ८ निवासी १८, १८, १९, १९, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७, ४६ वर्षीय पुरूषहरू र धनकुटा निवासी ३४ वर्षीय पुरूष, सुनसरी धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिला हुनुहन्छ । उहाँहरूकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे जनाइएकाे छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?