logo
२०८१ बैशाख १२ बुधवार



उपत्यकामा थप क्वारेन्टाइन जरुरी

मुख्य समाचार |


उपत्यकामा थप क्वारेन्टाइन जरुरी


नगेन्द्र सापकोटा

काठमाडौँ, जेठ ७ गते । कोरोना भाइरस रोग (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा काठमाडौँ उपत्यकामा थप क्वारेन्टाइन आवश्यक पर्ने भएको छ । काठमाडौँ उपत्यकाका १८ वटा स्थानीय तहमा यसअघि नै विदेशबाट फर्केका नागरिकलाई लक्षित गरी निर्माण गरिएको क्वारेन्टाइनको स्तरोन्नतिसमेत गर्नुुपर्ने देखिएको छ ।
यसअघि नै कतिपय स्थानीय तहले क्वारेन्टाइन निर्माण गर्ने भनिए पनि आवश्यक सङ्ख्यामा क्वारेन्टाइन बनाएका छैनन् । कुनै पनि समय उपत्यकामा कोरोना भाइरस रोगका सङ्क्रमित आकस्मिक रूपमा बढ्न सक्ने र ती व्यक्तिलाई राख्न क्वारेन्टाइन निर्माण अत्यावश्यक छ ।
उपत्यकाका नागरिकले सजगता अपनाएकाले काठमाडौँमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या उल्लेख्य रूपमा बढ्न भने सकेको छैन । यद्यपि परीक्षणको दायरा फराकिलो पार्ने क्रमसँगै थप सङ्क्रमित देखिन सक्नेछन् ।
काठमाडौँ, ललितपुर र भक्तपुर सङ्कट व्यवस्थापन केन्द्र अर्थात् क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीएमसी)का अनुसार अहिले स्थानीय तहमा निर्माण भएका क्वारेन्टाइन व्यवस्थित नभएकाले त्यसको व्यवस्थापन अत्यावश्यक छ ।
जिल्ला समन्वय समिति काठमाडाँैका प्रमुख एवं सीएमसी काठमाडौँका सल्लाहकार शिवसुन्दर राजवैद्यले उपत्यकामा पालिकाले सीएमसीलाई जानकारी दिनका लागि मात्र निश्चित सङ्ख्यामा क्वारेन्टाइन निर्माण गरेको बताउनुभयो ।
“काठमाडौँका ११ वटै स्थानीय तहसँग क्वारेन्टाइन निर्माण गर्ने ठाउँ छ तर क्वारेन्टाइन निर्माणको व्यवस्था गरिएको छैन”, उहाँले भन्नुभयो, “क्वारेन्टाइन भए पनि पूर्ण तयारी अवस्थामा भने छैनन् । ” कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा काठमाडौँ उपत्यकामा क्वारेन्टाइनलाई अग्रिम रूपमा व्यवस्थापन गर्न सकिएन भने उपत्यकामा पनि अवस्था भयावह हुन सक्नेप्रति वैद्यले चिन्ता व्यक्त गर्नुभयो । यस विषयलाई आफूले पटक पटक सीएमसीको बैठकमा उठाउने गरे पनि कार्यान्वयनमा नआएकाले अब गम्भीर बन्नुपर्ने अवस्था आएको उहाँले स्पष्ट गर्नुभयो ।
भक्तपुर जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले भक्तपुरमा पहिले निर्माण गरिएका खरिपाटीमा ५० शøयाबाहेक अन्य नगरपालिकामा व्यवस्थित क्वारेन्टाइन नभएको बताउनुभयो । “हाल पालिकाले बनाएका क्वारेन्टाइन डब्लूएचओ र नेपाल सरकारको मापदण्डअनुसार छैनन्”, उहाँले भन्नुभयो, “क्वारेन्टाइनका बारेमा प्रचार धेरै भए पनि यथार्थमा प्रचार गरेजस्तो छैन । यस विषयमा सबै सरोकारवाला समयमै गम्भीर हुुनुपर्छ । ”
उहाँका अनुसार भक्तपुरका खरिपाटी र विभिन्न अस्पतालमा गरी जिल्लाभर १८५ आइसोलेसन बेड छन् तर सङ्क्रमित राख्नै प¥यो भने १२० बेडमात्र तयारी अवस्थामा छन् । यस्तो सङ्कटको अवस्थामा अन्तरपालिका र अन्तर जिल्लास्तरीय समन्वय आवश्यक छ । सीएमसीको बैठकमा अन्तरपालिका र जिल्लासँग समन्वय गर्न आग्रह गर्दै आएको गेलालले बताउनुभयो ।
ललितपुर जिल्ला समन्वय समितिका प्रमुख अम्बरबहादुर खड्काले स्थानीय तहले बनाएको भनिएको क्वारेन्टाइन व्यवस्थित नभएको बताउनुभयो । उहाँका अनुसार ललितपुरका तीनवटा गाउँपालिकामा १५÷१५ बेडको खाट, सिरक र तकिया राखेर क्वारेन्टाइन निर्माण गरिएको छ, अरू पूर्वाधार छैन । ललितपुर महानगर तथा अन्य नगरपालिकामा भने अझै पनि व्यवस्थित क्वारेन्टाइन निर्माण भएको छैन । खड्काले भन्नुभयो, “स्थानीय तह आफैँले खर्च गरेर क्वारेन्टाइन बनाउने हो वा सङ्घीय सरकारले बनाइदिने हो, यसबारे अन्योल भएकाले पनि व्यवस्थित क्वारेन्टाइन बन्न नसकेको हो । ”
उपत्यकामा कुनै पनि बेला कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने भएकाले क्वारेन्टाइन तत्काल तयारी अवस्थामा राख्नुपर्ने भए पनि सो कार्य अहिलेसम्म नभएकाले यसतर्फ सङ्घीय सरकार गम्भीर हुनुपर्ने खड्काले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?