logo
२०८१ बैशाख ८ शनिवार



मानसिक तनाव रक्तचापको प्रमुख कारण

स्वास्थ्य |
मुख्य समाचार |


मानसिक तनाव रक्तचापको प्रमुख कारण


सरोज ढुङ्गेल

काठमाडौँ, जेठ ४ गते । यस वर्षको ‘विश्व उच्च रक्तचाप दिवस’ बन्दाबन्दीको समयमा परेको छ । घरैमा बस्ने र मीठो मीठो खाने अनि शारीरिक व्यायामसमेत नगर्नेका लागि उच्च रक्तचाप बढ्ने खतरा अझ बढेको छ ।
नेपाल हार्ट फाउन्डेसनले जनाएअनुसार नेपालमा १८ वर्षमाथिको जनसङ्ख्यामध्ये एक तिहाइ जनसङ्ख्यामा उच्च रक्तचाप रहेको पाइएको छ । हरेक वर्षको मे १७ मा मनाइने यो दिवस सन् २००५ बाट मनाउन सुरु गरिएको हो ।
व्यस्त र बदलिँदो जीवनशैली, बजारमा बनेका खानेकुरा खाने बानी, कम सुुत्ने, मदिरापान, धूूमपानजस्ता कारणले उच्च रक्तचाप हुने सङ्ख्या बढ्दैछ । उच्च रक्तचापलाई हाइपर टेन्सन पनि भनिन्छ । उच्च रक्तचाप नेपाली समाजका लागि पनि खतराको रूपमा रहेको छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले उच्च रक्तचाप भएकामध्ये ९० प्रतिशतलाई आफूलाई उच्च रक्तचाप भएको थाहा नहुने बताउनुभयो ।
डा. रेग्मीले उच्च रक्तचापले हृदयाघात, मस्तिष्काघात, अन्धोपन, मिर्गौलाले काम नगर्नेजस्ता जटिल रोग ल्याउने हुनाले बेलैमा सतर्कता
अपनाउनुपर्ने बताउनुभयो ।
डा. रेग्मीले ९० प्रतिशतलाई कुनै लक्षण नहुने भएकाले समस्या हुने बताउँदै आफूलाई उच्च रक्तचाप छ भन्ने थाहा हुँदाहँुदै उपचार गरे पनि आधा जनसङ्ख्यालाई रक्तचाप रहिरहने बताउनुभयो ।
उहाँले लकडाउनले मानिसलाई चिन्ता बढाउने हुँदा चिन्ता बढेपछि उच्च रक्तचाप पनि बढ्ने बताउनुभयो । मानसिक तनाव रक्तचापको मुख्य कारण हो भन्दै उहाँले यसले थप जटिलता ल्याउन सक्ने बताउनुभयो ।
लकडाउनमा मानिसले नियमित रक्तचाप परीक्षण गर्न नपाउने भएकाले समस्या हुने उहाँको भनाइ छ । मुटुरोग विशेषज्ञ डा. अतिल भट्टराईले नेपालमा मात्र नभएर विश्वभर उच्च रक्तचापका बिरामी बढिरहेको बताउनुभो । उहाँले उच्च रक्तचाप मुटुरोगका कारकमध्ये एक प्रमुख कारक रहेको भन्दै विश्वव्यापी रूपमा मुख्य स्वास्थ्य समस्याका रूपमा देखिएको बताउनुभयो ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा एक करोड जनाको मृत्यु उच्च रक्तचापका कारण भइरहेको छ । नेपाल जनसाङ्ख्यिक सर्वेअनुसार प्रतिहजारमा १७५ महिला र ३१५ पुरुषमा उच्च रक्तचाप देखिएको छ । उहाँले उच्च रक्तचापको प्रमुख कारण अव्यवस्थित जीवनशैली र मानसिक तनाव रहेको बताउनुभयो । उहाँले माथिको रक्तचाप १३० वा बढी र तलको रक्तचाप ८० वा बढी भएको अवस्था उच्च रक्तचाप हुने बताउनुभयो । सामान्य अवस्थामा १२० र ८० भन्दा कम रक्तचाप हुनुपर्छ ।

उच्च रक्तचापका लक्षण
सामान्यतया उच्च रक्तचापका लक्षणहरू देखिँदैनन् । ९० प्रतिशतलाई आफूलाई उच्च रक्तचाप भएको थाहा हँुदैन । नियमित बिरामीको परीक्षण गर्दा मात्र उच्च रक्तचाप भए नभएको थाहा हुन्छ । उच्च रक्तचाप भएकाहरूमा रिँगटा लाग्ने, टाउको दुख्ने (पछाडिको भाग), मुटु हल्लने, आँखा धमिलो देख्ने लगायतका लक्षण हुन सक्छन् ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?