logo
२०८१ बैशाख ७ शुक्रवार



स्थानीय विकासलाई प्राथमिकता

खुला |


स्थानीय विकासलाई प्राथमिकता


नगेन्द्र सापकोटा

काठमाडौँ, जेठ ३ गते । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्थानीय विकासलाई प्राथमिकता दिएको छ । सबै नागरिकलाई स्वस्थ बनाउने उद्देश्यसहित सरकारले ७५३ वटै स्थानीय तहको छ हजार ७४२ वटै वडामा योग, व्यायाम र आरोग्य केन्द्र बनाउने लगायतका नीतिले यस्तो प्राथमिकता दिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रस्तुत गर्नुभएको आगामी वर्षको नीति तथा कार्यक्रममा स्थानीय विकासलाई जोड दिइएको हो ।
देशभरका सबै वडास्तरीय सेवा केन्द्रबाट ४० वर्षभन्दा माथिका सबै नागरिकको रक्तचाप, मधुमेह परीक्षण र प्राकृतिक चिकित्सा प्रणालीको प्रवद्र्धन गर्ने नीति सरकारले लिएको छ । सबै स्थानीय तहमा छोटो अवधिको रोजगारमुखी तालिमको घुम्ती शिविर सञ्चालन गर्नुका साथै स्थानीय तहमा रहेको रोजगार सेवा केन्द्रबाट रोजगार सूचना प्रणाली सञ्चालन गरी श्रम सूचना बैङ्क स्थापना गर्ने नीति सरकारको छ ।
स्थानीय तहका बाँझो जग्गामा खेती गर्न किसानलाई उत्पे्ररित गर्ने कृषि अनुसन्धानसम्बन्धी कार्यलाई स्तरोन्नति गरिने छ । कोरोना भाइरसको रोकथाम र सङ्क्रमण फैलन नदिन स्थानीय तहले गरेका काम महìवपूर्ण भएको नीति तथा कार्यक्रममा उल्लेख छ ।
काठमाडौँ उपत्यका, सबै महानगरपालिका र प्रदेशको राजधानीलाई हरित गृहमा रूपान्तरण गरी सहरी वृक्षरोपण कार्यलाई तीव्रता दिइने छ । स्थानीय तहको वडामा सञ्चालित स्वास्थ्य संस्थालाई गुणस्तर वृद्धि गर्ने, स्थानीय तहमा पाँचदेखि १५ शøयाको अस्पताल निर्माण गरिने छ । सबै प्रदेश र स्थानीय तहमा खाद्य वस्तु भण्डारण, बीउ र बजारीकरणको व्यवस्थापन गरिने छ । सबै स्थानीय तहमा अनलाइनबाट व्यक्तिगत घटना दर्ता कार्य सञ्चालन गरिने, प्रदेश र स्थानीय तहको समन्वयमा सामाजिक रूपान्तरणको अभियान सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । स्थानीय तहमा लघु घरेलु र मझौला उद्योग सञ्चालन कार्य गर्ने सरकारको नीति छ । स्थानीय तहको केन्द्र जोड्ने सडक निर्माण कार्यलाई तीव्रता दिइने छ भने स्थानीय र प्रदेश सरकारको समन्वयमा सरसफाइ अभियान सञ्चालन गरिनेछ ।

नीति कार्यक्रम अब्बल : जनप्रतिनिधि
सरकारले आगामी वर्षका लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिले भने सकारात्मक प्रतिक्रिया दिएका छन् । कार्यान्वयन गर्न सके नीति तथा कार्यक्रम अब्बल रहेको भनाइ उहाँहरूको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष एवं सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले कृषि, शिक्षा, स्वास्थ्य रोजगारीसहित आर्थिक पुनरोत्थानसँग जोडिएर आएको सरकारको नीति तथा कार्यक्रम समाजवाद उन्मुख भएको प्रतिक्रिया दिनुभयो ।
सबै गाउँपालिकाको केन्द्रलाई पक्की सडक सञ्जालले जोड्ने गरी सरकारको नीति कार्यक्रम आउनु महìवपूर्ण हो । प्रदेश र स्थानीय तहको प्रशासनिक संरचना निर्माण र जनशक्ति व्यवस्थापन गर्ने कुरा राम्रो छ । कोरोना भाइरसको सन्दर्भमा स्थानीय तहले गरेको काम उच्च प्रशंसा भएको छ यो यथार्थता हो । उपत्यकामा चारवटा उपसहर बनाउने सरकारको नीतिसँगै गाउँगाउँमा पनि सहरीकरण गर्ने योजना आएको भए अझ राम्रो हुन्थ्यो, उहाँले भन्नुभयो । नेपाल नगरपालिका सङ्घका उपाध्यक्ष एवं नुवाकोटको बेलकोटगढी नगरपालिकाका उपप्रमुख कविता ढुङ्गानाले नीति तथा कार्यक्रम सफल रूपमा कार्यान्वयन हुने हो भने देशलाई नै आत्मनिर्भर बनाउन सक्ने प्रतिक्रिया दिनुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?