logo
२०७७ जेष्ठ १६ शुक्रवार

राष्ट्रिय गौरवका आयोजनाको अवस्था

अर्थ |


2020-05-06-13802


भउचप्रसाद यादव

पन्ध्रौँ आयोजनाको अवधिभित्र राष्ट्रिय गौरवका अधिकांश आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ । यस अवधिभित्र मेलम्ची खानेपानी आयोजना, माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, अन्तर्राष्ट्रिय विमानस्थल र ऊर्जासँग सम्बन्धित आयोजना सम्पन्न गरिने लक्ष्य सरकारको छ । काम तीव्र बनाउन राष्ट्रिय गौरवका आयोजनामा बर्सेनि करिब ८० अर्ब रुपियाँ विनियोजन हुँदै आएको छ ।
राष्ट्रिय योजना आयोगका सदस्य तथा प्रवक्ता मीनबहादुर शाहीका अनुसार १५औँ आयोजनाको अवधिभित्र राष्ट्रिय गौरवका मेलम्ची खानेपानी आयोजना, माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, अन्तर्राष्ट्रिय विमानस्थल (निजगढ विमानस्थल बाहेक) र ऊर्जासँग सम्बन्धित आयोजना सम्पन्न गरिने लक्ष्य छ । आयोजनाको छनोट प्रक्रियामा समेत पारदर्शिता ल्याउनुपर्ने त्यसका लागि राष्ट्रिय आयोजना बैङ्कको पनि परिकल्पना गरिएको छ । आयोजना बैङ्क मार्फत ‘विकास अनुशासन’ कायम गर्न खोजिएको हो ।
राष्ट्रिय गौरवका आयोजनाको निर्माण कार्यमा जुन गति दिनुपर्दथ्यो त्यसमा केही कमीकमजोरी भएको र राष्ट्रिय गौरवका साथै विकास निर्माणलाई गति दिनका ‘प्रोजेक्ट गभर्नेन्स’ लाई विशेष किसिमले सुधार्नुपर्ने उहाँको धारणा छ । उहाँका अनुसार आयोजनाको काम तीव्र बनाउन ऐन, कानुन, खरिद प्रक्रिया लगायत केले गर्दा समस्या भएको छ सोबारे अहिले अध्ययन भइरहेको छ ।
विगतमा लामो समयसम्म रहेको राजनीतिक अस्थिरताका कारण पनि विकास निर्माणले गति लिन सकेन । आयोजनाका नाम छनोट हुने तर आयोजनाका अन्य प्रक्रिया सुरु नगर्ने अहिले सम्मको पद्धतिका कारण पनि विकास निर्माण आशातीत रूपमा अगाडि बढ्न नसकेको हो । आर्थिक उत्तरदायित्व सम्बन्धी आएको ऐनले पनि आयोजना छान्नुभन्दा पहिला पूरा गर्नुपर्ने चरण सुनिश्चित गरेको छ । अहिले खासगरी आयोजना छनोट प्रक्रियादेखि कार्यान्वयनको तहसम्म देखिएका ‘गभर्नेन्स’ को पाटो नै मुख्य हो र त्यसलाई सुधार्नुपर्छ भन्ने किसिमले आयोग अगाडि बढिरहेको शाही बताउनुहुन्छ ।
मुलुकको अर्थतन्त्रलाई गतिशील एवं थप विस्तार गरेर अतिकम विकसित स्तरबाट विकासोन्मुख हुँदै विकसित राष्ट्रको स्तरमा पु¥याउने राष्ट्रिय आकाङ्क्षालाई मूर्तरूप दिन सहयोग पु¥याउने उदाहरणीय आयोजना नै राष्ट्रिय गौरवका आयोजना हुन् । मुलुकको आर्थिक विकास, सामाजिक रुपान्तरण, रोजगारी सिर्जना, पुँजी निर्माण र प्रादेशिक सन्तुलनमा पनि यी आयोजना कोसेढुङ्गा साबित हुने विश्वास गरिएको छ ।
राष्ट्रिय गौरवका आयोजनाको घोषणा मन्त्रिपरिषद्को निर्णय अनुसार गर्ने गरिन्छ । सर्वप्रथम आर्थिक वर्ष २०६८÷६९ मा १७ वटा आयोजनालाई राष्ट्रिय गौरवको सूचीमा समावेश गरिएको थियो । दोस्रो पटक आर्थिक वर्ष २०७०÷७१ मा चारवटा र तेस्रोपटक आर्थिक वर्ष २०७५÷७६ मा एउटा राष्ट्रिय गौरवको आयोजना थप गरिएको थियो । अहिलेसम्म राष्ट्रिय गौरवका आयोजनाको सङ्ख्या २२ पुगेको छ ।
२२ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये छवटा सडक, चारवटा सिँचाइ, तीन–तीनवटा जलविद्युत् र विमानस्थल, दुईवटा धार्मिक सम्पदा र एक–एक वटा रेल्वे, खानेपानी, चुरेक्षेत्र संरक्षण र विद्युत् प्रसारण लाइनका आयोजना छन्् । यी आयोजनाको समष्टिगत लक्ष्य, आर्थिक वर्ष २०७६÷७७ मा विनियोजित बजेट, यस आर्थिक वर्षको प्रथम चौमासिकमा भएको कार्य प्रगति यस्तो छ ः

सिक्टा सिँचाइ आयोजना
बाँके जिल्लाको अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी राप्ती जिल्लाको पश्चिम दायाँतर्फ ३३ हजार ७६६ हेक्टर एवं राप्ती पूर्व बायाँतर्फ नौ हजार हेक्टर गरी कुल ४२ हजार ७६६ हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य रहेको यो आयोजना आर्थिक वर्ष २०७२÷७३ मा सम्पन्न हुने प्रारम्भिक लक्ष्य रहेकोमा संशोधित भई आर्थिक वर्ष २०७६/७७ मा सम्पन्न हुने अपेक्षा गरिएको छ । आयोजनाको सुरु वर्षमा २०६१÷६२ को लागत अनुमान एक हजार २८० करोड रुपियाँ रहेकोमा संशोधित लागत अनुमान दुई हजार ५०२ करोड रुपियाँ रहेको र यस आयोजनाका लागि चालू आर्थिक वर्ष २०७६/७७ मा १५२.०३ करोड विनियोजन गरिएको छ । आर्थिक वर्ष २०७६÷७७ को प्रथम चौमासिक प्रगति ८०.१६ प्रतिशत र वित्तीय प्रगति ६१.८७ प्रतिशत छ ।

बबई सिँचाइ आयोजना
बर्दिया जिल्लाको करिब ३६ हजार हेक्टर (पूर्वमा २१ हजार हे. र पश्चिममा १५ हजार हे.) कृषियोग्य भूमिमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य लिई आर्थिक वर्ष २०४५÷४६ मा सुरु भएको यो आयोजना आर्थिक वर्ष २०६९÷७० मा सम्पन्न हुने लक्ष्य रहेकोमा संशोधन भई आ.व. २०७९÷८० सम्ममा सम्पन्न हुने अपेक्षा गरिएको छ । आयोजनाको संशोधित कुल लागत १८ अर्ब ९६ करोड रहेको र यस आयोजनाका लागि आर्थिक वर्ष २०७६÷७७ मा एक सय ४९ करोड ८६ लाख विनियोजन भएको छ । आयोजनाको सम्पूर्ण लागत नेपाल सरकारको आफ्नै स्रोतबाट विनियोजन भएकोे छ । आर्थिक वर्ष २०७६÷७७ को प्रथम चौमासिकसम्म भौतिक प्रगति ८०.२८ प्रतिशत र वित्तीय प्रगति २४.८६ प्रतिशत छ ।

रानीजमरा कुलरिया सिँचाइ आयोजना
रानी, जमरा र कुलरिया सिँचाइ आयोजना नेपालको सुदूरपश्चिम प्रदेश, कैलाली जिल्लामा अवस्थित कृषकबाट निर्माण गरी व्यवस्थापन गरिएको सबैभन्दा ठूलो सिँचाइ आयोजना हो । यस आयोजनाको पानीको स्रोत कर्णाली नदीको पश्चिमी भँगालो झरही नाला हो । यस आयोजनाले कैलाली जिल्लाको २० हजार तीन सय हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा पु¥याउने तथा सिँचाइ प्रणालीको आधुनिकीकरण गर्ने लक्ष्य लिएकोे छ । यो आयोजना आ.व. २०६७÷६८ बाट सुरु भई संशोधित कार्यतालिका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा सम्पन्न हुने लक्ष्य छ । आयोजनाको कुल संशोधित लागत दुई हजार ७७० करोड रुपियाँ र यस आयोजनाका लागि चालू आर्थिक वर्ष २०७६÷७७ मा २४२.३४ करोड विनियोजन भएको छ । आर्थिक वर्ष २०७६÷७७ को प्रथम चौमासिकसम्म यस आयोजनाको भौतिक प्रगति ८१.२० प्रतिशत र वित्तीय प्रगति ८३.२७ प्रतिशत छ ।

भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना
बाँके र बर्दिया जिल्लाको करिब ५१ हेक्टर भूमिमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध गराउने र ४८ मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्यसहित यस आयोजनाको निर्माण कार्य सुरु गरिएको छ । बाह्रै महिना सिँचाइ उपलब्ध हुँदा कृषि उत्पादन बढ्न गई वार्षिक करिब तीन अर्ब रुपियाँ अप्रत्यक्ष तथा विद्युत्बाट करिब दुई अर्ब प्रत्यक्ष आम्दानी हुने अनुमान छ । यो आयोजना आर्थिक वर्ष २०६८÷६९ मा सुरु भई आ.व. २०७६÷७७ मा सम्पन्न गर्ने लक्ष्य रहेकोमा संशोधित तालिका अनुसार आर्थिक वर्ष २०७९÷८० मा सम्पन्न हुने लक्ष्य लिइएको छ ।
आयोजनाको संशोधित लागत तीन हजार ३१९.६६ करोड रुपियाँ रहेकोमा आर्थिक वर्ष २०७६÷७७ मा ४२०.२८ करोड विनियोजन गरिएको छ । आर्थिक वर्ष २०७६÷७७ को प्रथम चौमासिकसम्म यस आयोजनाको भौतिक प्रगति ३८.६ प्रतिशत र वित्तीय प्रगति शतप्रतिशत छ

माथिल्लो तामाकोसी जलविद्युत् आयोजना
४५६ मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य राखेको यो आयोजना दोलखा जिल्लामा अवस्थित छ । आर्थिक वर्ष २०६७÷६८ देखि सुरु भई आ.व. २०७२÷७३ मा सम्पन्न हुने अनुमान रहेको भए पनि भूकम्प, दक्षिण सीमाक्षेत्रमा भएको अवरोध लगायतका कारणबाट यो आयोजना आर्थिक वर्ष २०७६÷७७ मा सम्पन्न हुने संशोधित कार्यतालिका छ । चालू आर्थिक वर्षमा यस आयोजनाको विनियोजित रकम ६०० करोड छ । चालू आर्थिक वर्षको पहिलो चौमासिक भौतिक प्रगति ७६.५५ प्रतिशत र वित्तीय प्रगति ७१.२५ प्रतिशत छ ।

बूढीगण्डकी जलविद्युत् आयोजना
कुल १२०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको यो आयोजना धादिङ र गोरखा जिल्लामा छ । आर्थिक वर्ष २०६९÷७० मा सुरु भई आ.व. २०८३÷८४ मा सम्पन्न गर्ने संशोधित कार्यतालिका रहेको र आयोजनाको कुल लागत दुई खर्ब ६० अर्ब लाग्ने अनुमान छ । चालू आर्थिक वर्षमा यस आयोजनका लागि एक हजार ३५७.५६ करोड रुपियाँ विनियोजन गरिएको छ । चालू आर्थिक वर्षको प्रथम चौमासिकसम्म यस आयोजनाको भौतिक प्रगति र वित्तीय प्रगति ६२.०९ प्रतिशत छ ।

पश्चिम सेती जलविद्युत् आयोजना
डोटी, डडेलधुरा, बैतडी र बझाङमा रहेको यो आयोजनाबाट ७५० मेगावाट विद्युत् उत्पादन गर्ने अनुमान गरिएको छ । यस आयोजना सम्बन्धमा लगानी बोर्डले आवश्यक अध्ययन कार्य गरिरहेको छ । आयोजनाको विकास एवं निर्माणको कार्य तत्काल अघि बढाउन आयोजनाको विकास ढाँचा (डेभलप्मेन्ट मोडालिटी) तय गर्ने सम्बन्धमा समिति गठन भई काम भइरहेको छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
रुपन्देहीमा अवस्थित यस विमानस्थललाई मुलुकको अर्को वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा स्तरोन्नति गर्ने लक्ष्यसहित निर्माण सुरु गरिएको यस विमानस्थलको निर्माण सन् २०१७ को डिसेम्बरमा सम्पन्न गर्ने अपेक्षा गरिएकोमा हाल संशोधित कार्यतालिका अनुसार डिसेम्बर २०१९ सम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यसहित दोस्रोपटक म्याद थप गरिएको थियो । आर्थिक वर्ष २०७६÷७७ मा यस आयोजनाका लागि ३७०.५० करोड रुपियाँ विनियोजन गरिएको छ । चालू आर्थिक वर्षको प्रथम चौमासिकसम्म यस आयोजनाको भौतिक प्रगाति ३८.५६ प्रतिशत र वित्तीय प्रगति ७.६ प्रतिशत छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
आर्थिक वर्ष २०६४÷६५ देखि प्रारम्भिक कार्य र आर्थिक वर्ष २०७३÷७४ देखि निर्माणकार्य सुरु गरिएको यो आयोजना आर्थिक वर्ष २०७७÷७८ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । चालू आर्थिक वर्षमा यस आयोजनाका लागि ७५० करोड रुपियाँ विनियोजन गरिएको छ । यस आर्थिक वर्षको प्रथम चौमासिकसम्म यस आयोजनाको भौतिक र वित्तीय प्रगति शत प्रतिशत रहेको छ ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल
आर्थिक वर्ष २०७१÷७२ मा सुरु भएको यो आयोजना आर्थिक वर्ष २०९१÷९२ सम्ममा सम्पन्न हुने अपेक्षा गरिएको छ । यस आयोजनाका लागि चालू आर्थिक वर्षमा १५० करोड रुपियाँ विनियोजन गरिएको छ । चालू आर्थिक वर्षको प्रथम चौमासिकसम्म यस आयोजनाको भौतिक प्रगति १६.५ र वित्तीय प्रगति १५.५ प्रतिशत छ । विमानस्थलको (साइट क्लियरेन्स) को खाका तयार भई मन्त्रालयमा निर्माणको मोडालिटीबारे लगानी बोर्ड मार्फत छलफल भइरहेको छ ।

पशुपतिक्षेत्र विकास कोष
पशुपतिक्षेत्र विकास कोषको गुरुयोजना अनुसार योजनाबद्ध विकास कार्यक्रमको माध्यमद्वारा पशुपति क्षेत्रलाई धार्मिक, सांस्कृतिक एवं पर्यटनको नमुना क्षेत्रका रूपमा विकास गर्ने तथा पशुपति क्षेत्रलाई हिन्दुको अन्तर्राष्ट्रिय तीर्थस्थलका रूपमा विकास गर्ने लक्ष्य छ । चालू आर्थिक वर्षमा यस आयोजनालाई ३५ करोड रुपियाँ विनियोजन गरिएको छ । चालू आर्थिक वर्षको प्रथम चौमासिकसम्म यस आयोजनाको भौतिक प्रगति ४५ प्रतिशत र वित्तीय प्रगति ११ प्रतिशत छ ।

लुम्बिनी क्षेत्र विकास कोष
गौतम बुद्धको जन्मस्थललाई बौद्धमार्गी एवं शान्तिप्रेमी जनसमुदायको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास निर्माण गर्ने लक्ष्य यस कोषले राखेको छ । यस गुरुयोजनाको काम आर्थिक वर्ष २०६९÷७० मा सुरु भई आर्थिक वर्ष २०७७÷७८ मा सम्पन्न गर्ने कार्यतालिका छ । आयोजनाको सुरुको लागत अनुमान पाँच अर्ब ५० करोड रुपियाँ रहेकोमा संशोधित लागत अनुमान छ अर्ब १० करोड छ । चालू आर्थिक वर्षमा यस आयोजनाका लागि एक अर्ब रुपियाँ विनियोजन गरिएको छ । चालू आर्थिक वर्षको प्रथम चौमासिकसम्म यस आयोजनाको भौतिक प्रगति शतप्रतिशत र वित्तीय प्रगति ५२.१७ प्रतिशत छ ।

पुष्पलाल (मध्य पहाडी) लोकमार्ग
पूर्वमा पाँचथर जिल्लाको चियो भञ्ज्याङदेखि पश्चिममा बैतडी जिल्लाको झुलाघाटसम्म डबल लेन स्तरमा कालोपत्रे सहितको सडक निर्माण गर्दै पहाडका बस्तीमा यातायातको सहज पहुँच विस्तार गर्ने लक्ष्यसहित कुल संशोधित लम्बाइ १८७९ किलोमिटर रहेको यस लोकमार्गमा १३० वटा पुल निर्माण गर्ने लक्ष्य छ । यो आयोजना आर्थिक वर्ष २०६४÷६५ देखि सुरु भएको र आर्थिक वर्ष २०७४÷७५ मा सम्पन्न हुने अनुमान गरिएकोमा संशोधित कार्यतालिका अनुसार आ.व. २०७९÷८० सम्ममा सम्पन्न गर्ने लक्ष्य छ । आयोजनाको कुल संशोधित लागत एक खर्ब एक अर्ब ५० करोड छ भने चालू आर्थिक वर्षमा यस आयोजनाका लागि एक हजार २११ करोड रुपियाँ विनियोजन गरिएको छ । चालू आर्थिक वर्षको पहिलो चौमासिकसम्म यो आयोजनाको भौतिक प्रगति ९१.५ प्रतिशत र वित्तीय प्रगति ६५ प्रतिशत छ ।

रेल, मेट्रोरेल तथा मोनोरेल विकास आयोजना
रेलमार्गको विकासबाट मुलुकको आर्थिक सामाजिक विकासमा टेवा पु¥याउने उद्देश्यका साथ स्थापित यो आयोजनाले मुख्यतया पूर्व–पश्चिम रेलमार्ग, काठमाडौँ–वीरगञ्ज रेलमार्ग, केरुङ–काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्ग तथा भारतीय रेलसँग जोड्ने गरी विभिन्न छ स्थानमा अन्तरदेशीय रेलमार्ग निर्माणमा आफ्ना क्रियाकलाप केन्द्रित गरेको छ । आर्थिक वर्ष २०७६÷७७ मा यो आयोजनाका निम्ति ७६८ करोड रुपियाँ विनियोजन गरिएको छ.। चालु आर्थिक वर्षको प्रथम चौमासिकसम्म यो आयोजनाको वित्तीय प्रगति ३७.२ प्रतिशत छ ।

हुलाकी लोकमार्ग
यस आयोजनाले झापाको केचनादेखि पश्चिममा कञ्चनपुरको दोधारा चाँदनी सम्मको भूभागलाई जोड्नेछ । यस आयोजनाको कुल प्रारम्भिक लागत अनुमान करिब चार हजार ७२७ करोड रहेकोेमा संशोधित लागत छ हजार ५२० करोड रुपियाँ छ । आर्थिक वर्ष २०६५÷६६ मा सुरु भई आर्थिक वर्ष २०७४÷७५ मा सम्पन्न हुने प्रारम्भिक अनुमान गरिएकोमा संशोधित कार्यतालिका अनुसार आर्थिक वर्ष २०७९÷८० सम्ममा सम्पन्न गर्ने लक्ष्य छ । चालू आर्थिक वर्षमा यस आयोजनाका लागि एक हजार ३५० करोड रुपियाँ विनियोजन गरिएको छ । चालू आर्थिक वर्षको प्रथम चौमासिकसम्म यस आयोजनाको भौतिक प्रगति ९४ प्रतिशत र वित्तीय प्रगति ९५ प्रतिशत छ ।

उत्तर दक्षिण (कोसी) लोकमार्ग
तेह्रथुमको वसन्तपुरदेखि उत्तरी सिमाना किमाथाङ्का सम्मको १६२ किलोमिटर सडक निर्माण एवं स्तरोन्नति गर्ने लक्ष्य यस आयोजनाको छ । आर्थिक वर्ष २०६५÷६६ मा सुरु भई २०७०÷७१ मा सम्पन्न हुने प्रारम्भिक अनुमान भए पनि पुनः म्याद थप गरी आर्थिक वर्ष २०८०÷८१ मा सम्पन्न हुने अपेक्षा गरिएको छ । यो आयोजनाको संशोधित लागत अनुमान १६२ करोड छ । चालू आर्थिक वर्षमा यस आयोजनाका लागि १०४ करोड रुपियाँ विनियोजन गरिएको छ । चालू आर्थिक वर्षको प्रथम चौमासिकसम्म यस आयोजनाको भौतिक प्रगति ६८ प्रतिशत र वित्तीय प्रगति १६ प्रतिशत छ ।

उत्तर दक्षिण (कालीगण्डकी) लोकमार्ग
नवलपरासी, पाल्पा, तनहुँ, स्याङ्जा, गुल्मी, बाग्लुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्ला समेटिएको यो आयोजनाको कुल लम्बाइ ४३५ किलोमिटर छ । यो आयोजना आर्थिक वर्ष २०८०÷८१ सम्ममा सम्पन्न हुने अपेक्षा गरिएको छ । चालू आर्थिक वर्षमा यस आयोजनाका लागि २८५ करोड रुपियाँ विनियोजन गरिएको छ । चालू आर्थिक वर्षमा यस आयोजनाको भौतिक प्रगति ७५.३१ प्रतिशत र वित्तीय प्रगति ७७.५७ प्रतिशत छ ।

उत्तर दक्षिण (कर्णाली) लोकमार्ग
यस आयोजना मार्फत खुलालु–सिमकोट खण्डमा करिब १४५ किलोमिटर र हिल्सा–सिमकोट खण्ड (हुम्ला) मा ८८ किलोमिटर सडक निर्माण गर्ने लक्ष्य छ । यो आयोजना २०७९÷८० मा सम्पन्न गर्नेगरी म्याद थप गरिएको छ । चालू आर्थिक वर्षमा यस आयोजनाका लागि कुल ७० करोड रुपियाँ विनियोजन गरिएको छ । चालू आर्थिक वर्षको प्रथम चौमासिकसम्म यस आयोजनाको भौतिक प्रगति ९८.७५ प्रतिशत र वित्तीय प्रगति शतप्रतिशत छ ।

काठमाडौँ तराई–मधेस द्रुतमार्ग
कम समय र दूरीमा काठमाडाँैंलाई तराईसँग जोड्ने उद्देश्यसहित निर्माण भइरहेको यस द्रुुतमार्गको कुल लम्बाइ ७६.४ किलोमिटर छ । चालू आर्थिक वर्षमा यस आयोजनाको निम्ति एक हजार पाँच सय करोड विनियोजन गरिएको छ । यस आर्थिक वर्षको प्रथम चौमासिकसम्म यस आयोजनाको भौतिक प्रगति ८८ प्रतिशत र वित्तीय प्रगति ६.०६ प्रतिशत छ ।

मेलम्ची खानेपानी आयोजना
मेलम्ची र मण्डन उपत्यका मुहान क्षेत्र रहेको यो आयोजनाले काठमाडौँ उपत्यकाका करिब ३० लाख जनसङ्ख्यालाई खानेपानी उपलब्ध गराउने लक्ष्य लिएको छ । मेलम्चीबाट २७.५ कि.मि. सुरुङ मार्फत पहिलो चरणमा दैनिक १७ करोड लिटर खानेपानी काठमाडौँमा आपूर्ति गराउने लक्ष्य यस आयोजनाको छ । आर्थिक वर्ष २०७७÷७८ सम्म यो आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य छ । चालू आर्थिक वर्षमा यस आयोजनाका लागि ७३८.९५ करोड रुपियाँ विनियोजन गरिएको छ । यस आर्थिक वर्षको प्रथम चौमासिकसम्म आयोजनाको भौतिक प्रगति ३७.२८ प्रतिशत र वित्तीय प्रगति १३.६७ प्रतिशत छ ।

राष्ट्रपति चुरे संरक्षण कार्यक्रम
चुरेक्षेत्रको संरक्षण गरी समृद्ध नेपालको राष्ट्रिय लक्ष्यमा टेवा पु¥याउने लक्ष्यसहित सरकारको पूर्ण लगानीमा यो आयोजना आर्थिक वर्ष २०६६÷६७ बाट चलिरहेको छ । यो आयोजनाका लागि चालू आर्थिक वर्षमा १७३.६९ करोड रकम विनियोजन गरिएको छ । चालू आर्थिक वर्षको प्रथम चौमासिकसम्म आयोजनाको भौतिक प्रगति ८९.६७ प्रतिशत र वित्तीय प्रगति २७.६९ प्रतिशत छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?