logo
२०८० चैत्र १६ शुक्रवार



कोरोनाले गरिबी बढाउने

मुख्य समाचार |


कोरोनाले गरिबी बढाउने


गोरखापत्र समाचादाता

काठमाडौँ, वैशाख १३ गते । अर्थमन्त्री डा. युवराज खतिवडाले कोभिड–१९ ले बहुसङ्ख्यक जनतालाई बेरोजगारी र गरिबीतर्फ धकेलेको बताउनुहँुदै देशले गरिबी निवारणमा प्राप्त गरेको प्रयास र सफलता यसले कमजोर बनाएको धारणा व्यक्त गर्नुभएको छ ।
उहाँले दिगो विकास लक्ष्य हासिलमा पनि यो थप चुनौती रहने विचार व्यक्त गर्दे ऋण स्थगन र ऋण मोचनका माध्यमबाट कम आय भएका मुलुकको वित्तीय क्षमता बढाउने, स्वच्छ व्यापारको माध्यमबाट आधारभूत खाद्यान्न, औषधि र स्वास्थ्य उपकरणको सुनिश्चितता प्रदान गर्ने र सीमा नाकामा हुने मानिसको आवातजावत नियन्त्रण तथा आप्रवासी कामदारको लागि आधारभूत सुविधा उपलब्ध गराउन अन्तरसीमा र अन्तर्राष्ट्रिय सहयोगमा समन्वय गर्नुपर्ने सुझाव पनि राख्नुभएको थियो ।
उहँले विश्व आर्थिक मञ्चका पदाधिकारी, दक्षिण एसियाली राष्ट्रका सरकार प्रमुख तथा उच्च पदस्थ पदाधिकारी, निजी क्षेत्रका प्रतिनिधि, अर्थशास्त्री एवं विश्व स्वास्थ्य सङ्गठनका पदाधिकारीबीच विश्वभर फैलिएको कोरोना भाइरसले पारिरहेको तथा भविष्यमा पार्नसक्ने प्रभाव र यो समस्या सम्बोधन गर्ने उपायबारे भिडियो कन्फ्रेन्समार्फत बिहीबार छलफल गर्नुभएको थियो ।
उहाँले के धनी के गरिब हामी सबै अप्रत्याशित र अनपेक्षित यो जोखिमको सामना गरिरहेको उल्लेख गर्नुभयो, भन्नुभयो, कोभिड–१९ जस्ता अज्ञात शत्रुको सामना गर्न नसकेसम्म स्वास्थ्य सुरक्षा क्षेत्रमा भइरहेको बढ्दो खर्चले सार्वजनिक स्रोत तथा मानव कल्याणमा पुनः प्राथिमिकीकरण र केन्द्रित गर्नुपर्ने बताउनुभयो ।
अर्थमन्त्री डा. खतिवडाले यो विश्वव्यापी सङ्कटको समाधान अन्तर्राष्ट्रिय तथा क्षेत्रीय प्रयास, साझेदारी र सहयोगबाट मात्र सम्भव हुने उल्लेख गर्नुहुँदै हालको सङ्कट सामना गर्न तीनवटा सुझाव दिनुभयो । उहाँले स्वास्थ्य क्षेत्र र सङ्क्रमित रोगका विषयमा अनुसन्धान बढाउँदै जाने सन्दर्भमा न्यून आय भएका मुलुकमा बढिरहेको असङ्क्रमित रोगको चुनौती र प्रविधि हस्तान्तरणको समस्यालाई नजरअन्दाज गर्न नसकिने धारणा पनि व्यक्त गर्नुभयो ।
उहँले कोभिड–१९ ले हालसम्म पुु¥याएको तथा पु¥याउनसक्ने थप आर्थिक क्षतिको पुनस्र्थापनामा सरकार, अन्तर्राष्ट्रिय सङ्घसंस्था र निजी क्षेत्रको सामूहिक प्रयास आवश्यक हुने धारणा राख्नुभयो ।
अर्थमन्त्री डा. खतिवडाले आफ्नो मन्तव्य दिने क्रममा कोरोना भाइरसले नेपालको अर्थतन्त्र, स्वास्थ्य क्षेत्र र जनजीवनमा पारेको एवं पार्नसक्ने प्रभाव, कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा नेपाल सरकारले हालसम्म चालेका कदम तथा यस रोगको नियन्त्रणमा अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सहयोग, साझेदारी र समन्वयका क्षेत्रमा गर्न सकिने प्रयासबारे जानकारी गराउनुभएको थियो ।
उक्त छलफलमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, विश्व आर्थिक मञ्चका अध्यक्ष बर्ज ब्रेन्ड, विश्व स्वास्थ्य सङ्गठनका दक्षिण–पूर्व एसिया निर्देशक पुनम खेत्रापल सिंहलगायत अन्य सहभागीले कोभिड–१९ को सङ्कट पार लगाउन सबैको सामूहिक र एकीकृत प्रयास रहनुपर्ने कुरामा जोड दिनुभएको थियो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?