logo
२०८० चैत्र १५ बिहीवार



सामग्री अभावले कालोपत्रेको काम ठप्प

मुख्य समाचार |


सामग्री अभावले कालोपत्रेको काम ठप्प


भउचप्रसाद यादव

काठमाडौँ, वैशाख १३ गते । काठमाडौँ उपत्यकामासरु गरिएको सडकको स्तरोन्नति तथा कालोपत्रे (ओभर–ले)े काम रोकिएको छ । बालुवा, गिट्टी लगायतको चालू अवस्थामा रहेको सडकको स्तरोन्नति तथा कालोपत्रेको काम रोकिएको छ ।
अहिलेसम्म बालुवा र गिट्टी आपूर्ति गर्दै आएका क्रसर उद्योगले स्थानीयवासीको अवरोधका कारण आपूर्ति बन्द गर्दा निर्माण कार्य रोकिएको सडक विभागले जनाएको छ । निर्माण सामग्रीको अभावमा गौशाला–चाबहिल–चुच्चेपाटी–धोबीखोला सडक खण्डको निर्माण कार्यसमेत रोकिएको हो ।
सडक विभागका महानिर्देशक केशवकुमार शर्माले यसअघि काभे्र र दोलालघाटका क्रसर उद्योगले आपूर्ति गर्दै आएको निर्माण सामग्री अचानक रोकिएपछि उपत्यकामा सुरु गरिएको सडकको स्तरोन्नति तथा कालोपत्रेको काम ठप्प भएको जानकारी दिनुभयो ।
उहाँले बालुवा, गिट्टी र चिप्स लिन गएका टिप्पर उतै रोकिएका छन्, अहिलेसम्म मौजात (स्टक) सामग्रीबाट काम भइरहेको थियो तर मौजात सामग्री सकिएको र उताबाट आपूर्ति हुन नसक्दा उपत्यकामा सडकको सम्पूर्ण काम रोकिनु परेको छ भन्नुभयो । उहाँका अनुसार १५ वटा टिप्पर काभ्रेका विभिन्न क्रसर उद्योगबाट निर्माण सामग्री लिएर काठमाडौँ फर्कने क्रममा स्थानीयवासीको अवरोधका कारण उतै रोकिएका छन् ।
निर्माण सामग्री बोकेका टिप्पर रोक्नुका कारण पत्ता लगाउनुका साथै अवरोध खुलाउनका लागि विभिन्न तहबाट प्रयास भइरहेको बताउँदै उहाँले निर्माण सामग्री ल्याउनका लागि अन्य ठाउँका क्रसर उद्योगीसँग छलफल भइरहेको जानकारी दिनुभयो । उहाँले रोकिएका टिप्पर छुटाउनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट समेत पहल भइरहेको बताउनुभयो ।
काठमाडौँ सडक डिभिजन कार्यालयका प्रमुख कुवेर नेपालीले स्टक सकिएपछि सडक विभागअन्तर्गत काठमाडौँमा भइरहेका सडकसम्बन्धी सम्पूर्ण काम रोकिएको बताउनुभयो ।
गौशालादेखि चाबहिल चोकसम्म र चाबहिल चोकदेखि पूर्वमा चुच्चेपाटी र उत्तरमा धोबीखोला पुलसम्म सडक निर्माण यसै महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य थियो । डिभिजन प्रमुख नेपालीका अनुसार निर्माण सामग्री लिन साता नै काभ्रेको भुम्लु गाउँपालिका पुगेका १५ वटा टिप्पर र ट्रक सामान लिएर काठमाडौँ फर्किने क्रममा स्थानीयवासीको अवरोधका कारण उतै रोकिएका छन् । त्यसैगरी निर्माण सामग्री लिन काभ्रेको रोशी पुगेका टिप्पर सामान बोक्न नपाउँदै उतै रोकिएका छन् ।
रोकिएका टिप्पर तथा ट्रक छोड्नका लागि जिल्ला प्रशासन कार्यालय काभ्रे र भुम्लु गाउँपालिकाले संस्थागत प्रयास गरे पनि स्थानीयवासीले अहिलेसम्म छोड्न नमानेको जानकारी डिभिजन प्रमुख नेपालीले दिनुभयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?