logo
२०८० चैत्र १५ बिहीवार



जोखिम रोक्न झोलुङ्गे पुल बन्द

प्रदेश |


जोखिम रोक्न झोलुङ्गे पुल बन्द


राजापुर चैत २० गते ।  मानिसहरुको आवागमनका कारण कोरोना भाइरसको सम्भावित जोखिम हुने भएकाले बर्दियाको मधुवन र बारबर्दिया नगरपालिका जोड्ने कुसुम्बा घाटको झोलुङ्गे पुलमा ताला लगाइएको छ ।
मधुवन नगरपालिका भारतीय सिमानासँग जाडिएको र व्यापार व्यवसाय गर्न तथा आफन्त भेटघाट भन्दै मान्छेहरु गाउँमा आउने क्रम बढ्न थालेपछि बारबर्दिया –४ का वडाध्यक्ष मान बहादुर थारुले झोलुङ्गे पुलमा ताला लगाइएको जानकारी दिनुभयो ।
पुलको वारी र पारी जालीबाँधेर ताला लगाइएको छ । स्थानीय टोल सुधार समिति, प्रहरी, सरोकारवाला लगायतका निकायसँग समन्वय गरी ताला लगाउने निर्णय गरिएको थारुले बताउनुभयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?