logo
२०८१ बैशाख ७ शुक्रवार



कोरोना कहरसँगै किसानलाई चिन्ता

खुला |


कोरोना कहरसँगै किसानलाई चिन्ता


गाईघाट,चैत १९ गते । कोरोना कहरसँगै किसानलाई भने चिन्ता बढेको छ । सरकारले तीन करोड नेपालीको ज्यान जोगाउन लग डाउन गरेपछि खेतीपाती गर्ने किसानलाई भने कोभिड–१९ को संभावित संक्रमणको त्राससँगै खेतबारीमा काम पनि गर्नैपर्ने भएपछि किसानहरुलाई चिन्ता बढेको को ।

बारीमा मकै छर्ने वेला आउन लाग्यो मल बोक्न भ्याइएको छैन भन्दै चौदण्डिगढी नगरपालिका १० हहियाका किसान तेजवहादुर कार्कीले भन्नुभयो अव बारीमा मल हालेर जोत्ने वेला भइसक्यो तर घरबाट बाहिर नजानु भन्ने सूचना आएको छ त्यसैले लठिबज्र काम भएपनि कोरोनाको संक्रमणबाट बच्न काम माया मारेर भएपनि हामी किसान घरमै बस्न बाध्य भएका छौ ।”

अहिले मल बोक्ने,बारीमा छर्ने र जोतेर त्यसलाई पुरेपछि पानी आउनासाथ वैशाख महिनाको शुरुवातमै मकै छर्नकोलागि अहिले बारी तयारीको काम गर्ने बेला भएको उहा बताउनुहुन्छ । यता त्रियुगा नगरपालिका वडा नं ४ श्रीपुरका किसानहरुलाई पनि बारीमा मल छर्नकै चिन्ता छ । कोरोनाको त्रास बढेपनि खेती किसानीको काम भने आपूmहरुले नियमित गर्दै आएको त्यहाँका किसान बौकाई चौधरीले बताउनुभयो ।
त्रिनपा ४ बगाहाका किसान निरौलाको भने लकडाउनका कारण अपूmले उत्पादन गरेको हरियो तरकारी बिक्रिका लागि बजारसम्म लैजान कठिन भएको गुनासो छ । आप्mनो परिश्रमको फल हातलागि हुने वेलामा तरकारीको बिक्रि नै गर्न नपाइएकोमा आपूm चिन्तित बनेको उहाँ बताउनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?