logo
२०८० चैत्र १६ शुक्रवार



लकडाउनमा अत्यावश्यक सामाग्रीको होम डिलेभरी सेवा

खुला |


लकडाउनमा अत्यावश्यक सामाग्रीको होम डिलेभरी सेवा


सञ्जय कुमार मिश्र
गौर,चैत १९ गते । कोभिड १९ को संक्रमण नियन्त्रण तथा रोकथाम गर्ने उद्येश्यले स्थानिय प्रशासनले गरेको लकडाउनमा रौतहटको गौरमा उपभोक्तालाई खाद्यान्न लगायतका सामाग्री होम डिलिभरी सेवा संचालन गरिएको छ ।

रौतहट उद्योग वाणिज्य संघ रौतहटले गौर नगरभित्र अत्यावश्यक खाद्यान्न उपभोक्ताको घरसम्ममा पुर्यार्इृ कोरोना भाईरसको संक्रमणबाट बच्न तथा बचाउन उद्येशयले होम डिलिभरी सेवा शुरु गरिएको हो ।

कोरोना भाईरसको संक्रमणको रोकथाम तथा नियन्त्रणकालागि नेपाल सरकारको लाकडाउनमा उपभोक्तालाई फोन मार्फत खाद्यान्न लगायत खाना पकाउने ग्यास लगायत अत्यावश्यक सामाग्री उपभोक्ताको घरमा घरमा पुर्याइ डिलिभरी पश्चात फर्मको कर्मचारीले सामानमा अंकित मुल्य अनुसार भुक्तानी लिने व्यवस्थाले लाकडाउनको पूर्ण पालनामा सहयोग हुने उद्येश्यले होम डिलेभरी सेवा गरिएको रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष पंडित प्रसाद जयसवालले बताउनुभयो ।

होम डिलेभरीकालागि गौर स्थित १०वटा किराना पसल ,एउटा चामल ,दाल, आँटा ,तथा १८वटा विभिन्न कम्पनीका ग्यास बिक्रेतालाई सेवा प्रवाह गर्न व्यवस्था मिलाइएको र फोन मार्फत आर्डर आएपछि उपभोक्ताको घरमा गएर खाद्यान्न लगायतका सामाग्री पुर्याउने कार्य भैईरहेको अध्यक्ष जयसवालले जानकारी दिनुभयो । स्थानिय प्रसाशनले गरेको लाकडाउनको समयमा उपभोक्तालाई घरमै अत्यावश्यक सामाग्री पुर्याउने कार्य सराहनिय रहेको नेपाल पत्रकार महासंघ रौतहटका पूर्वअध्यक्ष प्रेमचन्द्र मmाले बताउनुभयो ।

होम डिलेभरी सेवाले लाकडाउनको समयमा सर्वसाधारणलाइृ घरमै फोन मार्फत सामाग्री उपलब्ध भएपछि बजारमा अत्यावश्यक सामाग्रीको बहानामा लाग्ने भिडभाडमा कमी आएको तथा संक्रमण रोकथाम र नियन्त्रणमा यसको ठूलो भूमिका हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?