logo
२०८१ बैशाख ८ शनिवार



सरकारले ल्यायो राहत प्याकेज विद्युतमा २५ प्रतिशत छुट

मुख्य समाचार |
पढ्नै पर्ने |


सरकारले ल्यायो राहत प्याकेज विद्युतमा २५ प्रतिशत छुट
तस्बिरः सागर बस्नेत


गोरखापत्र अनलाइन
काठमाडौ, चैत १६ गते । सरकारले कोरोना भाइरस लक डाउनबाट परेको प्रभाव कम गर्न विद्युत, फोन, इन्टरनेट महशुलमा छुट लगायतका निर्णय गरेको छ ।
आजको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको बैठक पछि आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा.युवराज खतिवडाले बताउनुभयो ।
सो अनुसार फागुन र चैत्र महिनाको १५० युनिटसम्म विद्युत खपत गर्ने ग्रहाकलाई महसुलमा २५ प्रतिशतसम्म छुट दिने निर्णय गरेको उहाँले जानकारी गराउनुभयो । त्यस्तै श्रमिक तथा दैनिक ज्याला मजदूरी गरी खानेका लागि दैनिक गुजार चल्ने गरी स्थानीय तहसँग समन्वय गरी राहत उपलब्ध गराउने निर्णय समेत सरकारले गरेकाे छ । 

थप विवरणका लागि हाम्राे फेसबुक पेजमा पत्रकार सम्मेलनकाे भिडियाे हेर्नुहाेला 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?