logo
२०८० चैत्र १६ शुक्रवार



विदेशमा रहेका नेपालीलाई सुरक्षित रहन आग्रह

मुख्य समाचार |


विदेशमा रहेका नेपालीलाई सुरक्षित रहन आग्रह


गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत १३ गते । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विभिन्न मुलुकमा रोजगारका लागि गएका नेपाली नागरिकलाई सुरक्षित रहन आग्रह गर्नुभएको छ । विश्वव्यापी महामारीका रूपमा फैलिँदै गएको कोभिड–१९ को सङ्क्रमणबाट जोगिन नेपाली नागरिक जहाँ रहेका छन्, त्यहीँ सुरक्षित रहन उहाँले आग्रह गर्नुभएको हो । मलेसिया, जापान, दक्षिण कोरिया, इजरायल र दक्षिण अफ्रिकास्थित नेपाली नागरिकको अवस्था बुझ्न बुधबार आयोजित भिडियो सम्मेलनमार्फत उहाँले नियोग प्रमुखहरूमार्फत नेपाली नागरिकको अवस्थाको जानकारी लिनुभएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
कोरोना सङ्क्रमणले अर्थव्यवस्थामा पार्नसक्ने असर तथा त्यसबाट नेपालीको रोजगारीमा पर्ने सम्भावित प्रभाव जस्ता विषयमा भिडियो सम्मेलनमा छलफल भएको थियो ।
मन्त्री ज्ञवालीसहित श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवसहित भएको भिडियो सम्मेलनमा नियोग प्रमुखहरूले दूतावास रहेको तथा सहप्रमाणीकृत मुलुकहरूमा भएको सङ्क्रमणको अवस्था, त्यहाँको सरकारले सङ्क्रमण नियन्त्रणका लागि चालेका कदमहरू, नेपाली नागरिकको अवस्था, दूतावासले नेपाली नागरिकलाई पु¥याइरहेका नियमित र आकस्मिक सेवा लगायतका विषयमा मन्त्रीद्वयलाई अवगत गराउनुभएको थियो । मन्त्री ज्ञवालीले नेपाल सरकारले सङ्क्रमण नियन्त्रणका लागि चालेका कदमबारे जानकारी दिनुभएको थियो । भिडियो छलफलका क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री यादवले अहिलेको संवेदनशील र अप्ठ्यारो परिस्थितिमा विदेशमा रहेका नेपालीले सरकारप्रति ठूलो भरोसा राखेका हँुदा स्थानीय सरकार एवं रोजगारदातासँग समन्वय गरेर परिआउने समस्या र चुनौती सामना गर्न आग्रह गर्नुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?