logo
२०८१ बैशाख १३ बिहीवार



बस दुर्घटनामा तीनको मृत्यु, १७ घाईते

मुख्य समाचार |
पढ्नै पर्ने |


बस दुर्घटनामा तीनको मृत्यु, १७ घाईते


प्रकाशचन्द्र भट्टराई
दमौली, चैत ९ गते । पृथ्वीराजमार्गको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा यात्रुवहाक बस दुर्घटना हुँदा तीन जना यात्रुको घटनास्थलै मृत्यु भएको छ । पोखराबाट नेपालगञ्ज जाँदै गरेको ना ५ ख ४२९४ नम्बरको बस आइतबार साँझ ६.३० बजे सडकबाट करिब एक सय मिटर तल मस्र्याङ्दी नदीमा खसी दुर्घटना भएको इलाका प्रहरी कार्यालय आवुँखैरेनीका प्रमुख प्रहरी निरिक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिनु भयो ।
मृतक कसैको पनि सनाखत भएको छैन । दुर्घटनामा १७ जना यात्रु घाईते हुनुभएको छ । घाईते मध्ये दुई जनालाई थप उपचारका लागि पोखरा र दुई जनालाई चितवन मेडिकल कलेज भरतपुर पठाईएको छ भने बाँकीको छिम्केश्वरी अस्पताल आवुँखैरेनीमा उपचार भईरहेको प्रहरी निरिक्षक सुवेदीले जानकारी दिनुभयो ।
बसका यात्रु मध्ये पाँच जनाको सकुशल उद्धार गरिएको र उहाँहरु घर तर्फ लाग्नु भएको छ । दुर्घटना लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाले उद्धार गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?