logo
२०८१ बैशाख ७ शुक्रवार



बालबालिका घरमै सुरक्षित

मुख्य समाचार |


बालबालिका घरमै सुरक्षित


यलु जोशी

काठमाडौँ, चैत ८ गते । बालबालिकालाई कोरोनाको सङ्क्रमण हुनबाट कसरी बचाउने भन्ने चिन्ता सबै अभिभावकमा अवश्य हुन्छ । भनेको नमान्ने, साना बालबालिका तथा नवजात शिशुको सुरक्षाका लागि यो चिन्ताको विषय हो ।
बालबालिकामा रोगप्रतिरोधात्मक क्षमता पूर्णविकास भइसकेको हुँदैन तसर्थ अभिभावकले ध्यान पु¥याउनुपर्ने जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले बताउनुभयो । उहाँले अहिले सबै विद्यालय बन्द भइसकेका कारण बालबालिकालाई घरमा सुरक्षित कसरी राख्ने भन्ने विषयमा ध्यान पु¥याउनुपर्ने जानकारी दिँदै भन्नुभयो, “कोरोनाको त्रास र भ्रम फैलाउनु हुँदैन । बालबालिकालाई कोरोनाको त्रास दिएमा मानसिक समस्या आउँछ ।”
उहाँले बालबालिकालाई नेपालमा कोरोना आएको छैन तर सुरक्षा भने अपनाउनुपर्छ यो रोग लाग्दैमा मर्ने होइन जस्ता कुरा सम्झाउनुपर्ने जानकारी दिनुभयो । अभिभावकहरू आतङ्कित नहुन सुझाव दिँदै उहाँले थप्नुभयो, “बालबालिकाको मृत्युदर निकै कम छ, सही सूचना प्रवाह गर्नुपर्छ । खानपिनमा ध्यान दिनुपर्छ सकभर बाहिरको खुवाउनुु हुँदैन ।”
पोषणविद् डा. अरुणा उप्रेती अभिभावकलाई आतङ्कित नहुन सुझाव दिनुहुन्छ । जटिलता छैन तर सुरक्षा अपनाउनुपर्ने उहाँले बताउनुभयो । बालबालिकालाई साबुनपानीले हात धुनुपर्छ भन्ने सिकाउनुको साथै नाक, मुखमा हात लैजान नहुने ज्ञान दिनुपर्छ ।
मौसम परिवर्तनका कारण सामान्य रुघा, खोकी लाग्न सक्ने भएकाले पोषिलो खानेकुरा खानुपर्छ भने बालबालिकालाई क्वाँटीको झोल अथवा मनतातोपानी वा दूध बेसार र कालो मरिच मिसाएर दिनुपर्छ भन्दै उहाँ थप्नुहुन्छ, ‘‘यस्ता खाने कुरा रोगसँग लड्ने क्षमता बढाउनका लागि हो ।’’
रोगसँग लड्ने क्षमता विकासले रोग लाग्न नदिने हो । त्यसलै रुघा, खोकीबाट बच्नुपर्छ जसले निमोनिया हुन दिँदैन । अहिले झाडा, पखाला लाग्ने पनि मौसम भएकाले हात धुने बानीले यस प्रकारको रोगबाट बच्च सहयोग गर्ने डा. उप्रेतीले जानाकारी दिनुभयो ।
डा. पाण्डेले बाहिर काम गरेर आएपछि मास्क, बाहिरी कपडा, जुत्ता, झोला सकभर घरबाहिर वा छुट्टै कोठामा राख्न सुझाव दिँदै रुघाखोकी लागेमा अलग्गै कोठामा सुत्नुपर्ने बताउनुभयो । बा(लबालिकालाई सामान्य रुघाखोकी लाग्दैमा अस्पताल वा क्लिनिक लैजान जरुरी छैन भन्दै उहाँले त्यहाँ हुने भीडभाडले बा(लबालिकामा
सङ्क्रामक रोग सर्ने डर हुने प्रष्ट पार्नुभयो । घरेलु उपचार तथा प्राथमिक उपचारले निको नभए भीडभाड नहुने गरी जांँच गराउने व्यवस्था गर्नुपर्छ ।
बालबालिकालाई चम्चाले खाना खाने अभ्यास गराउनुपर्छ, बा(लबालिकालाई छुँदा, खुवाउँदा, खेलाउँदा, कपडा फेर्दा साबुनपानीले राम्रोसंँग हात धुनुपर्ने बताउनुभयो । सुरक्षाका लागि बा(लबालिकालाई इन्फ्लुएन्जा तथा निमोनियाको खोप लगाउनुपर्ने डा. पाण्डेले सुझाव दिनुभयो ।
सन्तुलित खानाका लागि हरियो सागसब्जी, फलफूल, दूध, घ्यू, दही, दाल, गेडागुडी, बदाम, काजु, गेडागुडीको रस दैनिक खुवाउने व्यवस्था गर्नुपर्छ ।
‘‘रक्सी खाएमा कोरोना भाइरस मर्छ भन्ने ठूलो भ्रम छ’’, डा. उप्रेती थप्नुहुन्छ, ‘‘अल्कोहल कन्टेन्ट स्यानिटाइजरले हात सफा गर्ने हो अल्कोहल खाने व्यक्तिमा रोगसँग लड्ने क्षमता कम हुन्छ, सङ्क्रमित व्यक्तिले अल्कोहल खाएमा मृत्यु हुन सक्छ ।’’
लसुन, बेसार, गुर्जो, अदुवा आदिले कोरोनालाई सन्चो गर्ने हैन रोगसँग लड्ने क्षमता बढाउने हो डा. पाण्डेले भन्नुभयो, गोमूत्र सेवनले भाइरस मर्दैन अरू अरू सङ्क्रमण हुन सक्छ । आत्तिएर जे पायो त्यही खान गर्नु हँुदैन ।
बालबालिकालाई कोरोनाको सङ्क्रमणबाट तथा कोरोना फोबियाबाट बचाउन सही जानकारी तथा उपाय अवलम्बन गर्न जरुरी छ । यो रोगको कुनै खोप तथा औषधि नभएकाले घातक मानिएको हो तर सङ्क्रमण भएका एक सय जनामा जम्मा दुई तीन जनाको मृत्यु हुन्छ । मृत्युदर धेरै उमेर भएका व्यक्तिमा उच्च देखिएको छ । सङ्क्रमित बालबालिकामा मृत्युदर एक हजारमा एक जनामा पनि छैन अर्थात ०.१५ भन्दा थोरैमा रहेको डा. पाण्डेले जानकारी दिनुभयो ।
प्राध्यापक तथा बालमनोविज्ञ निर्मला उप्रेतीले बालबालिकाको अहिले भएको बिदाको समयमा धेरै कुरा सिकाउन सकिने जानकारी दिनुभयो । कोरोनाको त्रासमा परिरहेको बालबालिकालाई घरभित्रको काममा रमाउने वातावरण बनाउनुपर्ने बताउनुभयो । यस्तै खानेपानी, टेलिफोन, बिजुली, इन्टरनेटको बिल तिर्न सिकाउने तथा सरसफाइ गर्ने तरिका सिकाउन सकिन्छ । यस्तै घरबारी वा बगैँचामा फूलबिरुवा रोप्न लगाउनु सिकाउनुपर्छ । यसले आम(ाबुवाले र बालबालिकाको माया प्रगाढ हुने उप्रेतीले बताउनुभयो ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?