logo
२०७७ जेष्ठ १६ शुक्रवार

गर्मी मौसममा भाइरल संक्रमण कम हुन्छ तर सजग भने रहनु पर्छ

स्वास्थ्य |


2020-02-28-9386


इश्वरचन्द्र झा

काठमाडौं, फागनु १६ गते । छिमेकी देश चीन लागायत विश्वका अन्य देशमा कोरोना भाइरस (कोभिड १९) को प्रकोप भईरहेका बेला नेपालले पनि थप सजगता अपनाउनु पर्ने विशेषज्ञहरूको राय छ ।
भाइरल संक्रमण प्रायः जाडोमा बढी हुने गरेको र नेपालमा विस्तारै गर्मी मौसम सुरु भएकाले संक्रमणको जोखिम तुलनात्मक रुपमा कम भए पनि यस प्रति सजग हुनु पर्ने जनस्वास्थ्य तथा सरुवा रोग अनुसन्धान केन्द्रका अनुसन्धान अधिकृत, विवेककुमार सिंह बताउनुहुन्छ ।

जाडोमा भाइरसलाई ढाकेको वस्तु वा खोल जेल (अर्ध तरल) मा रुपान्तरण हुन्छ जसका कारण एक मानिसबाट अर्को मानिसमा सर्ने क्रममा भाइरस बच्न सक्छ । तर गर्मी दिनहरूमा त्यो खोलको स्वरुप तरल बन्न जान्छ र एक मानिसबाट अर्को मानिसमा सर्ने क्रममा त्यो मर्ने गर्छ । कोरोना भाइरसलाई केहीले जैविक हतियारसँग पनि जोडेर चर्चा गर्ने गरेका छन तर यो कुरा कतै पुष्टि भएको छैन यसै सन्दर्भमा सिंहसँग गरिएको कुराकानीको अनुवादित अंश प्रस्तुत गरिएको छ ।

कोरोना भाइरसको उत्पत्ति सम्बन्धमा अझै स्पष्ट भइसकेको छैन्, जंगली जनावरबाट सरेको हुनसक्ने बताइए पनि निस्कर्ष अझै निस्किएको देखिन्न, कसरी ‘आउटब्रेक’ भएको हुनसक्छ ?

हो, कोरना भाइरस अर्थात कोभिड – १९ को उत्पत्ती कसरी भयो भन्ने कुरा अझै अज्ञात छ । यो भाइरस जनावरबाट मानिसमा सरेका अन्य केही भाइरससँग मिल्दोजुल्दो छ त्यसैले मानिसहरूले यो भाइरस जनावरबाट मानिसमा सरेको हुन सक्ने अनुमान गरेका छन् । यो कसरी विकसित भयो भन्ने कुरा अज्ञात नै भए पनि यो मानिसबाट मानिसमा नै सरेको छ र मौसमले तिब्र संक्रमणको लागि साथ दिइरहेको छ । अर्थात कोरोना भाइरस संक्रमण फैल्न चिसो मौसमले उल्लेख्य भूमिका खेल्यो ।

भाइरसको संक्रमण कत्तिबेला सम्भव हुन्छ ? चिसोमा मात्रै किन भाइरसको संक्रमण हुन्छ ?

फरक फरक भाइरसको फरक मौसममा फैलने संभावना हुन्छ । केही भाइरस गर्मीमा बढी फैलन सक्ने खालका हुन्छन् भने केही जाडो र केही सरद ऋृतुमा फैलने खालका हुन्छन् ।
तर जाडो मौसममा भने भाइरल फ्ल्युको संक्रमण पटक पटक भइरहने हुन्छ । जाडोमा भाइरसलाई ढाकेको बस्तु वा खोल जेल (अर्ध तरल वस्तु)मा रुपान्तरण हुन्छ जसका कारण एक मानिसबाट अर्को मानिसमा सर्ने क्रममा भाइरस बच्न सक्छ । तर गर्मी दिनहरुमा त्यो खोलको स्वरुप तरल बन्न जान्छ र एक मानिसबाट अर्को मानिसमा सर्ने क्रममा त्यो मर्छ ।

भाइरसको जोखिम नेपालमा अझै कत्तिको छ ?

नेपालमा मात्र हैन, पूरै विश्व नै भाइरस संक्रमणको जोखिममा छ । महत्वपूर्ण कुरा के हो भने यदि कुनै संक्रमण फैलियो भने त्यसलाई नियन्त्रण गर्न मुश्किल हुन्छ र नेपालमा अरु देशमा जस्तो राम्रो तयारी छैन ।
कोरोना भाइरस पनि चिसो मौसमा बढी संक्रमण हुने खालको भाइरस हो । त्यसैले जाडो मौसममा जस्तो यसको संक्रमण गर्मीमा फैलने संभावना कम हुन्छ ।

भाइरसबाट बच्ने उपायहरु के के हुन ?

सर्ने माध्यम अनुसार सावधानीका उपायहरु पनि फरक फरक हुन्छन् । कोरोना भाइरसको संक्रमण फैल्ने सम्भावना छ भने साबुन पानीले हात धुने, ज्वरो आएको खण्डमा पानी अत्याधिक खाने, संक्रमितको सम्पर्कबाट बच्ने आदि ।

भाइरसको प्रकार के के हुन ?

भाइरसलाई विभिन्न प्रकारले वर्गीकरण गर्न सकिन्छ । त्यसमा एउटा भाइरस होस्ट गर्ने बस्तु जस्तै जनावर, विरुवा र व्याक्टेरियाको के हो त्यस आधारमा दोस्रो भाइरसमा जिनोमका आधारमा डीएनए र आरएनए आदि ।
बायोलोजिकल विपन (जैविक हतियार) के हो ?
जैविक वस्तु जस्तै व्याक्टेरिया भाइरस, ढुसी तथा विष आदिलाई युद्धमा हतियारको रुपमा प्रयोग गरिने वस्तुलाई जैविक हतियार वा बायोलजिकल विपन भनिन्छ ।

बायोलोजिकल विपन कसरी तयार गरिन्छ वा बनाईन्छ ?

जैविक हतियारको उत्पादन तुलनात्मक रुपमा निकै सजिलो र सस्तो पनि पर्छ । हामीले उदाहरणका रुपमा कुनै खोपको उत्पादनलाई जस्तै जैविक हतियारको उत्पादनलाई पनि लिन सक्छौं ।
यसमा पहिला चाहे अनुसारको ब्याक्टेरिया, भाइरस र ढुसीलाई ठूलो परिमाणमा उत्पादन गरिन्छ र ती उत्पादनलाई माध्यम (एजेन्ट) मा मिसाइन्छ र सो ऐजेन्टका माध्यमबाट सार्ने गरिन्छ । उदाहरणका लागि हावावाट सर्ने भाइरस छ भने त्यसलाई हावामा खुल्ला गरिन्छ र यदि त्यो पानीबाट सर्छ भने पानीमा मिसाइने गरिन्छ त्यस्तै कुनै कीटपतङ्गबाट सर्ने खालका जीवाणु वा विषाणु छन् भने पहिले त्यसमा संक्रमण गराइन्छ र त्यसपछि त्यसले मानिसमा सार्ने काम गर्छ ।

बायोलोजिकल विपनको प्रयोग कहिलेदेखि हुन थालेको हो ?

पहिलो घटना १५०० देखि १२०० बिसी अघि भएको कुरा टुलरमिया (खरायोमा हुने ज्वरोका रुपमा पनि चिनिन्छ जुन व्यक्टेरियाबाट हुने गर्छ) रोग लागेकालाइ जैबिक हतियारको रुपमा प्रयोग भएको कुरा दस्तावेजहरुमा पाइन्छ ।

बायोलोजिकल विपनको पछिल्लो प्रयोग कहाँ भएको हो ?

जैबिक हतियारको प्रयोग दास्रो विश्वयुद्धको समयमा भएको थियो । जब सन् १९७२ मा राष्ट्र संघले यसमाथि प्रतिबन्ध लगायो त्यसको प्रयोग पूर्ण रुपमा बन्द भएको छ ।

बायोलोजिकल विपन कत्तिको घातक हुन्छन ?

यिनीहरू निकै हानिकारक हुन्छ । यस्ता हतियार छ छैन थाहा पाउन निकै गाह्रो हुन्छ र यो पत्ता लाग्दा सम्म हजारौ मानिस संक्रमित भइसकेका हुने छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?