logo
२०८१ बैशाख १२ बुधवार



प्रमद्वारा प्रवलीकरण भइरहेको केशर महलको अवलोकन

मुख्य समाचार |


प्रमद्वारा  प्रवलीकरण भइरहेको केशर महलको अवलोकन


गोरखापत्र समाचारदाता

काठमार्डाैँ, फागुन १३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट क्षतिभई प्रवलिकरण भइरहेको ऐतिहासिक केशर महलको अवलोकन गर्नुभएको छ । केशर महलमा इतिहास, संस्कृति, राजनीति, दर्शनजस्ता महत्वका हजारौं पुस्तक संग्रहित केशर पुस्तकालय रहेको छ ।

प्रधानमन्त्री ओलीले केशर महलको ऐतिहासिक र साँस्कृतिक महत्वलाई संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको थियो । पुनर्निर्माण प्राधिकरणले दिएको जानकारी अनुसार, प्रधानमन्त्री ओलीले ऐतिहासिक केशर पुस्तकालय र प्राकृतिक सौन्दर्यको स्वप्न बगैँचा अवलोकन गर्नुभएको थियो । उहाँले पुस्तकालयमा राखिएको आगन्तुक पुस्तिकामा लेख्नुभयो, ‘केशर पुस्तकालयको संरक्षण र सदुपयोग गरौं ।’ सो अवसरमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले केशर महललाई पुरानै स्वरुपमा प्रवलीकरण गरेर राष्ट्रियस्तरको कला केन्द्रका रुपमा विकास गरिने जानकारी दिनुभयो ।

केशर महलको प्रवलीकरणका लागि ५९ करोड ५० लाख रुपियाँमा ठेक्का सम्झौता भएको हो । २०७८ साल मङ्सिरमा प्रवलीकरण सम्पन्न गरिने जनाइएको छ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?