logo
२०८१ बैशाख ८ शनिवार



सवारीसाधनको सडक लेन छुट्याइने

मुख्य समाचार |


सवारीसाधनको सडक लेन छुट्याइने


गोरखापत्र समाचादाता

काठमाडौँ, फागुन १३ गते । भक्तपुरको सूर्यविनायकदेखि जडीबुटीसम्मको सडकखण्डमा यात्रुवाहक, मालवाहक रकम गतिमा गुड्ने सवारीसाधनका लागि सडक लेन छुट्याइने भएको छ । काठमाडौँ उपत्यकाको सडक तथा ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यले नयाँ व्यवस्था गर्न लागिएको हो ।
महानग रीय ट्राफिक प्रहरी महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले उपत्यकाको सवारी आवागमन सहज बनाउन तथा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सूर्यविनायकदेखि जडीबुटीसम्मको सडकखण्डमा नयाँ व्यवस्था गर्न लागिएको बताउनुभयो । उहाँले यात्रुवाहक तथा मालवाहक सवा रीसाधन र कम गतिमा गुड्ने सवा रीसाधन बायाँ लेनबाट र निजी तथा साना सवारीसाधन सधैँ दाहिने लेनबाट मात्र चलाउने व्यवस्था गर्न लागिएको जानका री दिनुभयो । यही फागुन १४ गते सूर्यविनायकमा यस कार्यको उद्घाटन गरिने कार्यक्रम छ ।
सवारीसाधनले जथाभावी लेन प्रयोग गरी सवारी चलाउने तथा लेन परिवर्तन गर्ने, लुकिङ ग्लास र साइड लाइट प्रयोग नगरी जथाभावी ओभरटेक गर्ने प्रवृत्ति व्यापक छ । महाशाखाका प्रमुख ढकालले तीव्र गतिमा सवारी चलाउने लगायतका असावधानीले दुर्घटनाको जोखिम बढ्ने हुनाले त्यस्ता सडकमा गुड्ने सवारी र सडकको अवस्था हेरी सुरक्षित तरिकाले निर्धारितलेनमा तोकिएको गतिमा मात्र सवारी चलाई सुरक्षित आवागमन हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
“यो सडकखण्ड व्यवस्थित र सुविधायुक्त छ । यात्रुवाहक, मालवाहक र बिस्तरै गुड्ने गाडी बायाँ लेनबाट र साना, हलुका र द्रुत गतिमा गुड ्ने सवा री साधन दाहिने लेनबाट चल्ने अन्त र्राष्ट्रिय अभ्याससमेत रहेकाले यसलाई कार्यान्वयन गर्दा सडक अनुशासन कायम हुने र दुर्घटना न्यूनीकरण हुने अपेक्षा गरिएको छ”, उहाँले स्पष्ट पार्नुभयोे ।
उक्त सडकखण्ड व्यवस्थित गर्न ट्राफिक नियम पालना, सडक अनुशासन र सडक सभ्यता अभिवृद्धि हुने र ट्राफिक नियम पालन गर्ने प्रवृत्तिसमेत विकास हुने हँुदा यसको प्रभावका री कार्यान्वयनमा सघाउन नाग ि रक प्रयास पनि थालिएको छ । त्यसका लागि सम्बन्धित स रोका रवाला सङ्घसं स्थानागरिक समाजबाट प्रतिनिधित्व हुने गरी पूर्व प्रहरी निरीक्षक सीताराम हाछेथुको संयोजकत्वमा यातायात र सडक विभाग भक्तपुरको प्रतिनिधि रहेको छ सदस्यीय अनुगमन समितिसमेत गठन गरिएको छ ।
समितिले सूर्यविनायक–जडीबुटी सडकखण्डको अनुगमन गरी तत्काल उक्त सडकखण्डको ट्राफिक व्यवस्थापनमा सुधार गर्न सहयोग गर्ने छ । यात्रुवाहक, मालवाहक र विस्तारै गुड्ने सवारी साधन बायाँ लेनबाट र साना हलुका र द्रुत गतिमा गुडने सवारी साधन दाहिने लेनबाट गुड्दा ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा उल्लेख्य सुधार हुन सक्ने भनी सुझाव बुझाइएको थियो ।
प्राप्त सुझावलाई तत्काल कार्यान्वयन गर्न ट्राफिक प्रहरी, सडक विभाग, यातायातसँग सम्बन्धित सरोकारवाला निकाय र स्थानीय नागरिकबीच समन्वय एवं सहकार्य ग िरने छ । लेन र जेब्राक्रसिङ मार्किङ, फुटपाथ तथा आकाशे पुलको उचित प्रयोग, ट्राफिक लाइट सञ्चालन आदिको अनुगमन तथा व्यवस्थापन गरिने छ ।
त्यसैगरी बस बिसौनी तथा यात्रु प्रतीक्षालयको प्रयोग, प्रविधिहरूको प्रयोगबाट ट्राफिक नियम पालना जस्ता ट्राफिक व्यवस्थापनका विषयमा छलफल गरी तोकिएको लेन प्रयोगलाई कार्यान्वयन गरिने जानकारी दिइने छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?