logo
२०८१ बैशाख ८ शनिवार



जुवाखालबाट प्रधानध्यापक, शिक्षक सहित ८ जना पक्राउ !

खुला |


जुवाखालबाट प्रधानध्यापक, शिक्षक सहित ८ जना पक्राउ !


विष्णुप्रसाद पोखरेल

दमक, फाल्गुन ९ गते । झापाको गौरादहबाट प्रहरीले विद्यालयका प्रधानध्यापक, शिक्षक सहित जुवाखालबाट ८ जनालाइ पक्राउ गरेको छ । विहिबार राती प्रहरीले छापा मारेर ९१ हजार नगद सहित पक्राउ गरेर आवश्यक कार्वाही शुरु गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

स्थानीय अमर माविका प्रधानाध्यापक गौरादह ९ बैगुन्धुराका दिनेश पोखरेलको घरमा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरी राती साढे १० बजे छापा मार्न पुगेको थियो । लेखनाथ प्राविका शिक्षक रामवहादुर ढुंगाना, अन्य स्थानीय ज्ञानेन्द्र ढकाल, जयप्रसाद गौतम, गोपाल पोख्रेल, महेश निरौला, रोहित बस्नेत, नेत्र पोख्रेल र गोपाल ढकाल पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरी त्यहाँ पुगेपछि सकेसम्म त्यहाँ खालमा रहेको ९१ हजार लिएर जानका लागि प्रधानध्यापक पोखरेलले प्रहरीलाई भनेको बताईन्छ । त्यहाँ चर्काचर्की भएपछि प्रहरीले सबैलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय दमकमा ल्याएको थियो । पक्राउ परेकाहरुको साथबाट कौडा र नगद वरामद गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख विजयराज पंण्डितले बताउनु भएको छ ।

पक्राउ परेकाहरुलाई जुवा नियन्त्रण ऐन र घुस लिन प्रेरित गरेको कसुरमा मुद्धा लगाउने तयारी भएको पण्डितले जनाउनुभयो । पक्राउ परेकाहरु स्थानीय रुपमा राजनीतिक तथा सामाजिक क्षेत्रमा चिनिएका व्यक्तिहरु रहनु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?