logo
२०७६ चैत्र १६ आईतवार

पछाडिबाट डोरी लगाएर लडायाे, कपाल समाएर टाउकाे ठाेकायाे

मुख्य समाचार |
पढ्नै पर्ने |
खुला |


2020-02-10-8496


देवबहादुर कुँवर
ललितपुर, माघ २७ गते । विहान १० वजेर २० मिनेटको सयममा विजय चौधरी भान्सा कोठा पसे । खाना पकाईरहेकी मुना कार्कीको घाँटीमा पछाडिबाट डोरी लगाएर र बल लगाएर उनलार्इ भूइँमा  लडाए ।
भुईमा लडेकी मुना प्रतिवाद गर्छिन् तर पनि चौधरी कपाल समातेर जोडतोडले टाउको भुईमा ठोकाउँछन् । करीव पाँच मिनेट लामोे यातनाबाट शिथिल बनेकी मुनालाई नजिकै रहेको पलाष्टिकको पिर्काले टाउको र अनुहारमा जोडतोडले हिर्काउँछन्, मुनाको टाउकोमा हिर्काउँदा हिर्काउँदै पिर्का समेत दुई टुक्रा हुन्छ ।
मुना अचेत हुन्छिन्, त्यसपछि कामदार चौधरी आफ्नो साथमा रहेको डोरी लिएर डाइनिङ रुपको अगाडि ढोका छेउमै आत्महत्या गर्छन् । सिसिक्यामेरा फुटेज अनुसार, विहान १०.२० देखि १०.४० वजेसम्म उक्त हत्या घटना भएको हो ।
विगत चारवर्षदेखि घरेलु कामदारको रुपमा भित्रिएका चौधरीलाई कार्की परिवारले छोरा समानको व्यवहार गर्ने गरेको छिमेकीहरू बताउँछन् । विहान पूर्वसचिव कार्की दर्शन गर्न पशुपतिनाथ र अर्की कामदार १२ वर्षीय छोरालाई विद्यालय पु¥याउन गएको वेलामा उक्त घटना भएको हो ।
कार्की दम्पति १२ वर्षीय छोरा र दुई कामदारका साथ बस्दै आएका थिए । दुई छोरी उच्चअध्ययनका क्रममा विदेशमा रहेका छन् ।
सो घटना रहस्यमय भएकाले थप अनुसन्धान जारी रहेको भनाई प्रहरीको छ । महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी उपरीक्षक हृदय थापाले घरमुली मुनाको हत्या र आत्महत्याको सम्वन्धमा अनुसन्धान जारी रहेको बताउनुभयो ।

याे पनि पढ्नुहाेस्

मुना कार्कीको हत्या कामदार बाटै भएको आशंका

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?