logo
२०८१ बैशाख ८ शनिवार

  मुना कार्की हत्या प्रकरणले उठाएको प्रश्न 



किन असन्तुलित बन्दै छ मालिक र कामदारबीचको सम्बन्ध

मुख्य समाचार |
पढ्नै पर्ने |
समाज |


किन असन्तुलित बन्दै छ मालिक र कामदारबीचको सम्बन्ध


केशवराज पौडेल
काठमाडौ, माघ २७ गते । सोमबार ललितपुरको सानेपामा पूर्वसचिव अर्जुनकुमार कार्कीकी श्रीमती मुना कार्कीको हत्या भएको छ । सिसी टिभी फुटेजका आधारमा हत्यामा उहाँकै निवासका कामदार दाङ स्थायी घर भएका विजय चौधरीको संम्लग्नता देखिएको छ ।
विजय छ बर्षदेखि सोही घरमा काम गर्दै थिए तर सोमबार किन एक्कासि मालिक्नीको हत्या गरेर आत्महत्या गरे त्यसको पछाडि प्रहरीले लागेको छ । अनुशन्धानमा खटिएका डिएसपी सन्तोष तामाङले विजय चौधरी र मुना कार्कीबीच सुमधुर सम्बन्ध रहे पनि सोमबार के कारणले हत्या गर्याे भनेर खोजीमा लागेको बताउनुभयो । मुनाको हत्यापछि विजय आफैले आत्महत्या गरेसँगै के कारणले मुनाको हत्या भएको हो त्यसको अनुशन्धानमा प्रहरी जुटेको छ ।
२०७५ भदौ ४ गते फ्रान्सका लागि नेपालका पूर्व राजदूत केशव झाको हत्यामा उनकै घरमा कामदार सानुकान्छा तामाङको संम्लग्नता देखियो । २०७४ साउन १२ गते काठमाडौं जिल्ला बुढानिलकण्ठ नपामा छोरीको घरमा आउनुभएकी ५५ बर्षिया पार्वती ढकालको हत्या समेत एक साता उनीहरुको घरमा घरेलु कामदारको रुपमा रहेका सुदामा लामिछानेले गरेका थिए । घरमा रहेको सुन र पैसा लिन लामिछानेले पार्वती ढकाललाई हम्बरले टाउकोमा हानेर हत्या भएको थियो ।
पूर्व राजदुत झा ,पूर्वसचिव कार्कीको पत्नी मुना र पार्वती ढकाल मात्रै हैनन् पछिल्लो समय विशिष्ट व्यक्तिहरू र उनीहरुकै घरमा काम गर्ने कामदारबीचको सम्बन्धमा सन्तुलन बिग्रन थालेको उदाहरण सार्वजनिक भएका छन् ।
महानगरीय अपराध महाशाखा टेकूका प्रमु्ख एसएसपी सहकुल थापाले घरेलु कामदारसँगको विवाद पछिल्लो समय बढ्दोक्रममा रहेको बताउनुहुन्छ ।
‘भनेको जति पैसा नपाएर, धेरै गाली र अनावश्यक प्रेसर दिएर र यौन सम्बन्धको कारणले समेत कामदार र मालिकबीच विवाद हुने कारणले अपराधका घटनाहरू बाहिर आउने गरेका छन्’ एसएसपी थापा अनुभव सुनाउनुहुन्छ ।
अब घरेलु कामदार र मालिकबीच हुने हिंसा तथा अपराधको फरक ढंङ्गबाट प्रहरीले अनुशन्धान कार्यलाई अघि बढाउने योजना अपराध महाशाखाले अघि बढाएको छ । केही घटना बाहिर देखिए पनि धेरै घटना बाहिर आउन समेत नसकेको हुनसक्ने अनुमान प्रहरीको छ ।
बरिष्ठ मनोरोग विशेषज्ञ डा.सुनयना यादवले कामदार र मालिकसँग हुने विवाद दुबैको व्यक्तित्वको आधारमा निर्भर रहने बताउनुभयो ।
उहाँले कामदार कस्तो खालको हो सानातिना कुरामा झगडा गर्ने शंन्कने खालमा भएमा उसले छिट्टै निर्णय दिने भएकाले घटना हुने बताउनुभयो । मालिकले समेत समयमै तलब नदिने कामको बिषयमा तनाव दिने गरेमा त्यसले विवाद बढाउने स्पष्ट पार्नुभयो । ‘ समयमै तलब नदिने मालिक तथा मालिकको पैसा सुन देखेर लोभिने कामदारको कारणले समेत यस्ता दुर्घटना भएको हुन सक्छन्’ डा.यादवले भन्नुभयो ।
एक पक्षको मात्रै नभएर दुबै पक्षको बारेमा सुक्ष्म ढंङ्गबाट बुझेपछि मात्रै वास्तविकता थाहा पाउन सकिने डा.यादवले भन्नुभयो । ‘दुबै पक्षले कति संयमित हुन सक्छन् भन्ने बिषयले उनीहरुलाई निर्भर गर्छ’ डा. यादवले स्पष्ट पार्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?