logo
२०८१ बैशाख ७ शुक्रवार



बाँसुरीको धुनमा रम्नुभो प्रधानमन्त्री

मनोरञ्जन |


बाँसुरीको धुनमा रम्नुभो प्रधानमन्त्री


यलु जोशी

काठमाडौँ,  । मानव जीवन सङ्गीतकै साथमा जन्मन्छ र अस्त पनि हुन्छ । धर्तीलाई स्पर्श गर्नासाथ बालक सर्वप्रथम रुन्छ त्यो पनि सङ्गीतकै प्रकार हो । मनोरञ्जन मात्र नभएर स्वास्थ्यका लागि पनि सङ्गीतको उत्तिकै महत्त्व हुन्छ ।
कलाकार मात्र होइन, सङ्गीतप्रति कतिपय नेताको पनि उत्तिकै चाख र रुचि हुन्छ । प्रधानमन्त्री केपी शर्मा ओली सङ्गीतका पारखीहरूलाई साथ दिन बाँसुरी र सारङ्गी रेट्नुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा मदन भण्डारी कला साहित्य प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको एक कार्यक्रममा नेपाली मौलिक बाजा र धुनहरूको ‘सारङ्गी साँझ’ मा उहाँले पहिले सारङ्गी ¥याई ¥याई गर्नुभयो भने पछि बाँसुरीको धुनले सबै कलाकारलाई प्रोत्साहित गर्नुुभयो ।
मदन भण्डारी कला साहित्य प्रतिष्ठानका अध्यक्ष डा. विजय सुब्बाले पुराना दिन सम्झँदै भन्नुभयो, ‘‘प्रम ओली सङ्गीतप्रेमी हुनुहुन्छ । सङ्गीतलाई धेरै माया गर्ने कुरा बालकोट निवासमा भरिएको वाद्यवादनले
पनि पुष्टि हुन्छ । ’’
डा. सुब्बाले बालुवाटार जानुअघि कलाकारहरूलाई बोलाएर कार्यक्रम गराउनुभएको सम्झँदै भन्नुभयो, हामी धेरै पटक बालकोट निवासमा प्रतिष्ठानका कलाकारहरूसँग कार्यक्रम गर्न गएका थियौँ । प्रधानमन्त्री गीतहरूको पनि धेरै ज्ञान भएको व्यक्ति हुनुहुन्छ ।
कलाकारहरूलाई सधैँ प्रोत्साहन गर्ने प्रम ओलीले ‘सारङ्गी साँझ’मा पनि कलाकारहरूको प्रस्तुति हेर्नु भएपछि आफूले पनि पाँच मिनेट जति बाँसुरी बजाउनुभएको उहाँले जानकारी दिनुभयो । ‘‘पहिले एक्लै सारङ्गी बजाउनुभएको थियो’’, डा सुब्बाले भन्नुभयो, ‘‘त्यसपछि
पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपालले सारङ्गी र प्रधानमन्त्री ओलीले बाँसुरी
बजाउनुभएको थियो । ’’
उहाँले प्रधानमन्त्री, मन्त्रीहरूलाई मौलिक बाजा र धुनको संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिनका लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । मौलिक कला र साहित्यको संरक्षण तथा प्रवद्र्धनका लागि अघि बढेको प्रतिष्ठान मदन भण्डारीको विचारमा हिँड्ने नै मुख्य लक्ष्य लिएको सुब्बाले जानकारी दिनुभयो ।
पूर्वको लिम्बू जातिको पालमदेखि सुदूरपश्चिम प्रदेशको देउडासम्मकोे १० प्रकारका धुन त्यस अवसरमा बजाइएको थियो । धुनको संयोजन नाट्य प्रतिष्ठानका प्राज्ञ सदस्य अशोक राईले गर्नुभएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?