logo
२०८० चैत्र १६ शुक्रवार



सरकारले नतिजाबाट जवाफ दिइरहेको छ: प्रधानमन्त्री ओली

पढ्नै पर्ने |


सरकारले नतिजाबाट जवाफ दिइरहेको छ: प्रधानमन्त्री ओली


काठमाडौं, माघ १५ गते ।  नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र पार्टीबिरुद्ध प्रचार युद्ध भैरहेकाले सरकार र पार्टीले प्राप्त गरेका उपलब्धि र नतिजाबाट त्यसको जवाफ दिन केन्द्रीय सदस्यहरुलाई निर्देशन दिनुभएको छ ।

नेकपाको दोस्रो केन्द्रीय समितिको उदघाटन गर्नुहुँदै प्रधानमन्त्री समेत रहनु भएका पाटी अध्यक्ष ओलीले बैचारिक आग्रह पूर्वाग्रहबाट माथि उठेर २१ औं शताब्दीसम्म आईपुग्दा मानवजातिले हासिल गरेका उपलब्धिलाई आत्मसाथ गरेर अघि बढेको बताउनुभयो ।

‘नेकपा विश्वव्यापी मान्यतासहितको लोकतन्त्र, शान्ति र मानवाधिकारको आदर्श र अनुभवकासाथ अघि बढीरहेको र बढीरहने छ, अहिले शान्तिपुर्ण अवस्थामा आएको छ, हामी अन्तराष्ट्रिय मापदण्ड अनुसार काम गरिरहेका छौ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

उहाँले वर्तमान सरकारसँग जोडेर प्रेस स्वतन्त्रता र मानवअधिकारको बारेमा प्रश्न गर्नु निरर्थक रहेको सम्बोधनमा बताउनुभएको छ । प्रधानमन्त्री ओलीले वर्तमान सरकारसँग जोडेर प्रेस स्वतन्त्रता र मानवअधिकारको बारेमा प्रश्न गर्नु निरर्थक रहेको सम्बोधनमा बताउनुभएको छ । बुधबार नेकपाको दोस्रो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै ओलीले सो कुरा बताउनु भएको हो ।

प्रधानमन्त्री ओलीले लामो संघर्षबाट अहिलेको व्यवस्था आएको भन्दै प्रधानमन्त्री ओलीले भावनामा बगेर क्रान्ति र परिवर्तन नहुने बताए । उनले परिस्थितिलाई बुझेर अघि बढ्न आग्रह गर्दै आकर्षक कुरामात्र नगरी सरकार गन्तव्यमा पुग्ने गरी हिँडिरहेको बताए । उहाँले कांग्रेस र कम्युनिष्ट दुबैले परिवर्तनका लागि हतियार उठाएको बताउनुभयो । ‘काँग्रेसले पनि २००७, २०२७ र ३१ मा हतियार चलाएको थियो । नेकपाले पनि विभिन्न समयमा हतियार उठाएको हो’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

‘लोकतन्त्र, लोकतान्त्रिक प्रणाली र त्यस अन्तरगतका प्रक्रिया मानवअधिकार, स्वतन्त्रता, वा शान्तिपूर्ण बाटो आदर्शका रुपमा अङ्गीकार गरेका छौँ, शान्तिपूर्ण ढङ्गले समाज अघि बढ्न सक्छ । त्यसै कारण नेपालको राजनीतिमा विभिन्नले विभिन्न समयमा हतियार उठाएपनि पछि शान्तिपुर्ण बाटोमा आएको हौ’ उहाँले भन्नुभयो ।

उहाँले सरकारले संयुक्त राष्ट्रसंघको वडापत्र या अन्तर्राष्टिय  जगतले निकालेका राजनीतिक प्रणालीको मापदण्डका आधारमा प्रतिस्पर्धा गर्न चाहेको भन्दै ती मापदण्डमा हामी अगाडि नै रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले केही तथ्याङ्गहरु समेत सार्वजनिक गर्नुभएको छ । उहाँले केही भएको छैन भनेर गरिएको प्रचार सत्य नभएको बताउनुभएको छ । वर्तमन सरकारले युगान्तकारी काम गरेको बताउनु भएको छ ।
यसअघि एक बर्षमा १० किलोमिटर सडक कालोपत्र हुने गरेकोमा अहिले दैनिक ५.७ किलोमिटर सडक कालोपत्रे भैरहेको बताउनु भयो । नेकपाको सरकार बनेपछि अन्तराष्ट्रिय सूचकाङ्कहरुमा समेत नेपालको सुधार भएको भन्दै उहाँले तथ्याङ्क समेत प्रस्तुत गर्नुभयो ।

नेपालमा आर्थिक वृद्धिदर यो वर्ष ६.५ प्रतिशत माथि रहेको तथा धानदेखि गहुँको उत्पादन समेत बढेको प्रधानमन्त्री ओलीले सुनाउनुभयो ।

 लाइभ हेर्नुहोस् 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?