logo
२०८० चैत्र १५ बिहीवार



दुई ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु !

फिचर |
पढ्नै पर्ने |


दुई ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु !


भुवन कार्की

रुपन्देही, माघ १४ गते । यहाँको तिलोत्तमा नगरपालिका स्थित रोहिणीमा मंगलबार बिहान साढे ५ बजे दुई ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनमा अन्य नौ जना घाइते भएका प्रहरीले जनाएको छ । रुपन्देहीको भैरहवाबाट नवलपरासीतर्फ जाँदै गरेको ना २ ख ८४८१ नम्बरको ट्रक र भैरहवा आउँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक आपसमा ठोक्किदा घटना भएको हो ।

दुर्घटनामा नवलपरासीको पाल्ही नन्दन गाउँपालिका वडा नं. ४ का लालु कुर्मी र भविकन कुर्मीको मृत्यु भएको हो । अर्का मृतक पूर्णबहादुर भुजेलको ठेगाना खुलिसकेको छैन ।

घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको रुपन्देही प्रहरीले जनाएको छ । घाइतेहरुको भैरहवा मेडिकल कलेज र भिम अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेहरुमा ट्रक चालक तनहुँका विरेन्द्र गुरुङ, पाल्हीनन्दन नवलपरासीका अखिलेश यादव, मनिष धवल, शैलेश कुर्मी र त्रिभुवन हरिजन छन् । मेडिकल कलेजमा उपचार जारी रहेनेमा नवलपरासी पाल्हीनन्दन ४ का २७ वर्षीय विनोद धवल, ४० वर्षीय दुधही हरिजन, २७ वर्षीय मोहन राय र ३२ वर्षीय सुवास कुर्मी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?