logo
२०८० चैत्र १६ शुक्रवार



तीन महिने बालकको गुप्ताङ्ग कुकुरले खाइदियो ! उपचारमा पैसा अभाव

पढ्नै पर्ने |


तीन महिने बालकको गुप्ताङ्ग कुकुरले खाइदियो ! उपचारमा पैसा अभाव


प्रेमराज सिम्खडा

कालीकोट, माघ १४ गते । हेदैमा डरलाग्दो गरी तीन महिने बालकको गुप्ताङ्ग कुकुरले खाईदिएपछि परिवार विछिप्त बनेको छ ।

कालीकोट जिल्लाको रास्कोट नगरपालिका वडा नं. ३ साँगाटिया गाउँमा सोमवार दिउसो तीन महिने बालकको घरमै पालेको पाल्तु कुकुरले टोकेर गुप्ताङ्ग नै क्षतबिक्षत बनाइदिएको छ ।

तीन महिनाका बालक अनिवास दर्जिको घरमा कोही नभएको बेला आफैले पालेको कुकुरले बालक सुतेको वेला गुप्ताङ्ग खाएर सक्त घाइते बनाएको छ । हर्ष दर्जी र संगिता दर्जीका छोराको घरमै पालेको कुकुरले सोमबार सुतिरहेको अवस्थामा गुप्ताङ्ग लगायतका अन्य ठाउँहरुमा पनि टोक्दा बालकको अवस्था गम्भिर रहेको सिप्खाना स्वास्थ्य चौकीका इन्चार्ज धर्मराज शाहीले बताउनुभयो ।
बाललको अवस्था नाजुक रहेको छ, अविनास दर्जी ३ महिनाका बालक हुन् । बालकको परिवारमा औषधी उपचार गर्ने आम्दानीको स्रोत केही पनि छैन ।

अरूको लुगा सिलाएर परिवारको छाक टादैँ आएका हर्ष दर्जि छोरोको गुप्ताङ्ग कुकुरले खाएपछि होस समेत गुमाएका छन् । बुवा हर्ष दर्जि बोल्न सक्दैनन् । इन्चार्ज धर्मराज शाहीले भन्नुभयो सबैले सहयोग उठाएर सुविधा सम्पन्न अस्पतालमा लिए वच्चा बचाउन सकिन्छ की ?

बच्चा बचाउनका लागि सबैले सहयोग गरिदिन संगिताले रुदै आह्वान गर्नु भएको छ । गाउँका केही ब्यक्तिको सहयोगमा घाइते बालकलाई आज जिल्ला अस्पतालमा ल्याउदैछन् । स्थानिय स्वास्थ्य चौकीमा सामान्य उपचार पछि पठाईका बालक अविनास दर्जिको अवस्था भने दयनिय छ ।

संगिताले भन्नुभयो हामी सबै कामकाजका लागि बाहिर गएका थियौ तर कुकुरले कहिलै पनि यस्तो गर्दैन थियो भन्दै आखाँभरी आँसु टिलपिल गर्दै हारगुहार मागिरहेकी छन् । यता रास्कोट नगरपालिकाले सहयोग गर्ने  बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?