logo
२०८१ बैशाख ६ बिहीवार



रसुवामा साढे दुई किलो सुन सहित छ जना पक्राउ

पढ्नै पर्ने |




गोरखापत्र अनलाइन
काठमाडौं,माघ १३ गते । प्रहरीले रसुवाको टिमुरेबाट साढे दुई किलो सुनसहित छ जनालाई नियन्त्रणमा लिएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिनुभए अनुसार ना १ झ ३५४२ नम्बरको गाडीबाट साढे दुई किलो सुन सहित छ जनालाई नियन्त्रणमा लिएको हो । ्
प्रहरीले नियन्त्रणमा लिएकाहरुमा सिन्धुपाल्चोक भोटेकोशीका नोर्बु तामाङ, गाल्जेन शेर्पा, सुपिया लामा, सुवास तामाङ, साङगे शेर्पा र गाडी चालक दोलखा तामाकोशीका तुलानारायण श्रेष्ठ रहेका छन् ।

प्रहरीले पक्राउ गरेको सूनको बजार मूल्य एक करोड ६० लाख रहेको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?