logo
२०८० चैत्र १६ शुक्रवार



गरिबीको पीडाः उपचार हुन नसक्दा बल्झियो स्तन क्यान्सर

पढ्नै पर्ने |
समाज |


गरिबीको पीडाः उपचार हुन नसक्दा बल्झियो स्तन क्यान्सर


नेत्र शाही

जुम्ला (खलङ्गा) माघ १२ गते । तातोपानी गाउँपालिका २ कि ६५ वर्षिय पुम्फा दमाईको स्तन क्यान्सर बल्झिदै जाँदा समस्या भएको छ ।

पुम्फालाई ३ बर्ष देखी स्तन क्यान्सरले सताईरहेता पनि आर्थिक अभावले पिरोली रहेको छ । अहिले रोग निकै बल्झिएपनि उपचारको लागि साहारा कोही पनि छैन् ।

पुम्फाको स्तन क्यान्सर बल्झिएर डर लाग्दो भएको स्थानीय सागर परियारले जानकारी दिनुभयो । अहिले उहाँको वाँया स्तनको धेरै भाग क्यान्सरका कारण बल्झिएर समस्या भएको छ ।
अवस्था दर्दानाक भएपछि उपचारै नपाई मर्नुपर्ने अवस्था भएको पुम्फाले रुदै भन्नुभयो । उपचार नपाएर अकालमै रोगबाट संक्रमित भई मर्नु परेकाले रिपोटिङ्गमा गएका पत्रकारले सहयोग गर्न रुदै अपिल गर्नुभएको छ ।

३ वर्ष पहिले सानो घाउ थियो, त्यहि बेला साहेत उपचार भएको भए आज पिडा खेप्नु पर्थेन होला । बृद्ध पुम्पाले आँसु झार्दै गप्नुभयो । घरमा नत अभिभावक छन्, नत कोही जानकार छन् । घाउको पिडाले २४ घण्टा संकट गरेर बिताईरहेको बताउनुभयो । सानो सानो हुँदै स्तन पुरै, संक्रमण भएर ठूलो हुदै गएको छ ।

श्रीमान्, छोरा र बुहारी पनि रहेनन्

श्रीमान खड्के दमाई मृत्यु भएको पनि २० वर्ष पुग्यो । एक बर्ष अघि छोरा ५० बर्षिय छोरा (कासे दमाई) को पनि मृत्यू भईसक्यो । ४० बर्षिय बुहारी बिसु दमाई पनि उपचार नपाई कमल पित्तको रोगले ग्रसित भएर मृत्यू भईसक्यो । उनको साहारा दिने एक नाति अहिले घरमा रहेको सागर परियारले जानकारी दिनुभयो ।

गरिविका कारण २ नाति पनि भारतमा कालापहाड गएका छन् । अहिले स्तन क्यान्सरले ग्रस्त पुम्फाको साहारा पनि छैन् । उपचार गर्ने पैसा कसरी पुगोस ।

बचाईदिन गुहार

बाच्ने रहर हुँदा पनि आर्थिक अभाबले म गल्दै छु । सरकारले दिने भत्ताले औषधी किन्नै ठिक्क छ । तर पनि दुखाईले नछटपटिएको कुनै दिनरात छैन् । उनले भनेका दर्दानाक शब्दले रुवाउछ । मलाई बचाईदिन उहाँले अपिल गर्नुभयो ।

केही आफन्तले उपचार गर्छौ भनेर भारतका विभिन्न अस्पताल पनि लगेका थिए । तर शल्यक्रियाका लागि पैसा महंगो लाग्ने थाहा पाएपछि उपचार नगरि फिर्ता हुनुभएको स्थानीयले जनाएका छन् ।
सामान्य दुखाई कम गर्ने औषधीको सेवनले कपाल सबै झरिसक्यो । अहिले समस्या भएपछि पत्रकारहरुलाई उहाँले उपचारका लागि पैसा जुटाईदिन गुहार गर्नुभएको छ । उनको उपचारका लागि भने कति खर्च लाग्छ भन्नेमा केही थाहाँ छैन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका शिक्षाध्यक्ष डा. निरेश थापाले ढिलो नगरीकन भरतपुर क्यान्सर अस्पतालमा लिएर उपचार गर्नुपर्ने बताउनुभयो । ६५ बर्षिय ज्ेयष्ठ नागरिक पुम्फाको ज्यान जोगाउन भने आर्थिक अभाव भएकाले समस्या भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?