logo
२०८० चैत्र १६ शुक्रवार



विदेशी लगानी सहज बनाउन ‘स्वचालित मार्ग’

मुख्य समाचार |


विदेशी लगानी सहज बनाउन ‘स्वचालित मार्ग’


गोपालचन्द्र सुवेदी

काठमाडौँ, माघ १० गते । सरकाले आकर्षक र निश्चित उद्योगमा विदेशी लगानी भिœयाउन सहज हुने गरी ‘स्वचालित मार्ग’ को व्यवस्था गर्न लागेको छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावलीमार्पmत विभिन्न प्रकृतिका दुई दर्जन उद्योगमा स्वचालित मार्गको व्यवस्था गर्न लागिएको हो ।
नेपालमा विदेशी लगानी आकर्षणका लागि गर्नुपर्ने सुधारलाई निरन्तरता दिने क्रममा यस्तो व्यवस्था गर्न लागिएको हो । लगानीमैत्री वातावरण निर्माणलाई थप बलियो बनाउने गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त नियमावलीको मस्यौदा बनाएको छ । मस्यौदा अहिले कानुन मन्त्रालयमा पुगेकोे छ । कानुनको रायसुझावपश्चात् उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मस्यौदा मन्त्रिपरिषद्मा पेस गर्नेछ । मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि नियमावली कार्यान्वयनमा आउने छ ।
मस्यौदामा उद्योगका लागि निश्चित आकर्षक उद्योगमा विदेशी लगानीको उद्योग दर्तामा दुई तहको स्वीकृति लिनुपर्ने व्यवस्थालाई हटाएर एक चरणमा मात्र सीमित गर्न खोजिएको छ । यो व्यवस्थाले उद्योगमा लगानीका लागि पूर्वस्वीकृति लिनु पर्ने छैन । बैङ्किङ प्रणालीबाट आवश्यक रकम भिœयाएर ३० दिनभित्र राष्ट्र बैङ्कलाई जानकारी दिए पुग्छ । अहिले स्वीकृति लिएपछि मात्र रकम भिœयाउन पाइन्छ । स्वीकृतिका लागि उद्योग विभाग वा लगानी बोर्डको अनुमतिसहित नेपाल राष्ट्र बैङ्कमा रकम ल्याउने स्वीकृतिका लागि आवेदन गर्नुपर्ने व्यवस्था छ । नियमावलीमा गर्न खोजिएको नयाँ व्यवस्थाले नेपालमा लगानी भिœयाउन चाहने लगानीकर्तामाझ यसले सकारात्मक सन्देश प्रवाह हुने र लगानीपूर्वका प्रक्रियागत जटिलता घटाउने अपेक्षा मन्त्रालयको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीका अनुसार पूर्वस्वीकृति लिनु नपर्ने व्यवस्थाले सम्भावित लगानीकर्तामाथि विश्वासको आधार सिर्जना गर्नेछ । अटोमेटिक रुटले सम्भावित लगानीकर्तालाई नेपाल आउन सहज वातावरण बन्नेछ, उहाँले भन्नुभयो, लगानीपूर्वका कडाइ र जटिलता घटाउँछ तर आइसकेपछि भने निगरानी कम हुँदैन ।
लगानीमा अटोमेटिक रुटको प्रणाली चीन, भारत, सिङ्गापुर मलेसिया जस्ता देशमा अत्यन्तै प्रभावकारी बन्दै आएको छ । दक्षिण एसियामा नेपालमा मात्र यस्तो व्यवस्था हुन बाँकी छ ।
यो व्यवस्थाले लगानीको ट्रेन्ड नै परिवर्तन हुने अपेक्षा उद्योग मन्त्रालयको छ । विश्वव्यापी अभ्यासको अध्ययन गरेर हामीले अटोमेटिक रुट व्यवस्था गर्न लागेका हौँ, मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले भन्नुभयो, नियमावलीमा उद्योगको क्षेत्र तोकेरै यस्तो व्यवस्था गर्न लागिएको हो । नियमावलीमा दुई दर्जन उद्योग क्षेत्रमा यस्तो व्यवस्था कार्यान्वयन गर्न खोजिएको छ ।
औद्योगिक व्यवसाय ऐन–२०७५ को अनुसूची ५ मा रहेका घर आवासबाहेकका १७ प्रकृतिका उद्योगमा लगानी भिœयाउन पनि स्वचालित मार्ग कार्यान्वयन हुनेछ । यसबाहेक थप सात प्रकृतिका उद्योगमा पनि स्वचालित मार्ग लागू हुनेछ ।
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनको दफा ४२ मा नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी विदेशी लगानी प्रक्रियालाई सरल सहज बनाउन यस ऐन तथा प्रचलित कानुनबमोजिम कम्पनी दर्ता, उद्योग दर्ता विदेशी लगानी स्वीकृति जस्ता सेवाहरू स्वचालित मार्ग (अटोमेटिक रुटबाट प्रदान गर्न सक्ने उल्लेख छ । ऐनको यही व्यवस्थालाई मूर्त रूप दिने गरी नियमावलीमा अटोमेटिक रुटको व्यवस्था गर्न लागिएको हो ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?